लामो समयको बन्द पछि तराई क्षेत्रमा यातायात तथा आवागमन प्रारम्भ भएपनि भंसार नाकाहरु अझै पनि बन्द भएका कारण उद्योगको उत्पादन निकासी हुन नसकेको तथा उद्योगहरुले आयात गरेका कच्चा पदार्थहरु भंसारबाट छुट्न नसकेकाले कच्चा पदार्थको अभावमा प्रायः उद्योगहरु संचालन हुन नसकेकोमा नेपाल उद्योग वाणिज्य महासंघ चिन्तित भएको छ । कच्चा पदार्थ समयमा आपूर्ति गर्न नसक्दा र उत्पादित वस्तुहरु निर्यात गर्न नसक्दा हेटौंडा लगायत तराई क्षेत्रका कतिपय उद्योगहरु बन्द भएका तथा केही उद्योगहरु आज भोलीनै बन्दहुने अवस्थामा पुगेका र केही उद्योगहरु नेपालबाटनै विस्थापित हुन थालेकाले यस्तो अवस्था केही दिन जारी रहेमा अन्य क्षेत्रका उद्योगहरु पनि बन्द भई विस्थापित हुने परिस्थिति सिर्जना हुने तर्फमहासंघ नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउंदछ ।
लामो समयसम्म उद्योग व्यवसाय संचालन हुन नसकेका कारण व्यवस्थापन पक्ष कामदार/ कर्मचारीहरुको तलव भत्ता समेत दिन नसक्ने स्थिति सिर्जना भएको तर्फनेपाल सरकारको ध्यानाकर्षण गराउंदै सरकारी कार्यालय तथा भंसार नाकाहरु तत्काल खुला गरी उद्योग व्यवसाय सुचारु संचालन गर्ने वातावरणका लागि महासंघ नेपाल सरकार, राजनीतिक दलहरु तथा बन्द आयोजक लगायत सबै पक्षसंग महासंघ आग्रह गर्दछ ।
मुलुकभित्र लगानी र प्रविधि आकर्षण गरी रोजगारी सृजनामा अमूल्य योगदान पुर्याउंदै आएका उद्योग व्यवसायहरु बन्द हुंदा राष्ट्रले चौतर्फी नोक्सानी व्यहोर्नुपर्ने त छनै यसका साथैआगामी दिनमा स्वदेशी एवं विदेशी लगानी आकर्षणमा समेत गम्भीर असर पर्न जाने तर्फसचेत रहन पनि महासंघ आग्रह गर्दछ ।