»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कच्चा पदार्थको अभाव र प्रतिकूल वातावरणका कारण विभिन्न जिल्लाका अधिकांश उद्योग व्यवसाय अझै सूचारु हुन नसकेको (२०६३/१२/१)


तराईमा कायम रहेको अनिश्चितकालिन बन्द केहि दिन अघि फिर्ता भएपछि अधिकांस स्थानका उद्योग व्यवसाय, बजार, यातायात, बैंक तथा सरकारी कार्यालयहरु पूर्वावस्थामै संचालित भएपनि चुरे भावर प्रदेश समाजले आजदेखि आव्हान गरेको अनिश्चितकालिन भावर प्रदेश बन्दका कारण लामो दूरिका यातायात संचालन तथा वस्तुहरुको ओसारपसार भने अझै सुचारु हुन सकेको पाईदैन ।

बीरगंज तथा विराटनगर स्थित भन्सार नाकाहरु कडा सुरक्षाका साथ संचालनमा आएपनि कारोवार भने साविकको तुलनामा केही कमी रहेको र भैरहवा तथा नेपालगंज भंसार नाका भने यथावत रुपमा सञ्चालन भएको जानकारी प्राप्त भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरुबाट प्राप्त जानकारी अनुसार कच्चा पदार्थको अभावका कारण विभिन्न जिल्ला स्थित अधिकांश उद्योगहरु बन्द रहन पुगेका छन् भने केही दिन बन्दका गतिविधिहरु जारी रहे अझ ठूलो संख्यामा थप उद्योग व्यवसाय बन्द हुने स्थिति छ । महासंघमा स्थापित संकट व्यवस्थापन इकाईले तर्राईमा भएको आन्दोलनबाट परेको प्रभाव सम्बन्धमा संकलन गरेको जानकारी अनुसार विभिन्न स्थानका लागि आज छुटेका यात्रुवाहक तथा मालवाहक गाडीहरु चुरे भावर प्रदेश बन्दका कारण समस्यामा परेका छन् ।

तर्राई क्षेत्रमा रहेका उद्योग वाणिज्य संघहरुबाट उपलव्ध जानकारी अनुसार मेची, कोशी र सगरमाथा अंचलमा रहेका उद्योग व्यापार व्यवसाय, शिक्षण संस्था, सरकारी कार्यालय तथा बैंक सुचारु संचालन भएका छन् भने जनकपुर अंचलमा रहेका उद्योग कलकारखाना लगायत शिक्षण संस्था, व्यापार सुचारु भएपनि मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुद्वारा सरकारी कार्यालयहरुमा तालावन्दी गर्ने कार्य जारी छ भने कतिपय सरकारी कार्यालयमा लगाएको ताला सुरक्षा निकायबाट तोडी कार्यालय संचालन गरिएको बताईएको छ ।

यसै बीच जनकपुर भन्सार तथा त्यहां स्थित राजश्व कार्यालय बन्द भएका र केही बैंकहरु खुलेका छन् भने चुरे भावर प्रदेश समाजद्वारा गरिएको बन्द आव्हानका कारण यातायात बन्द छ ।

कच्चा पदार्थ समयमा आपूर्ति हुन नसक्दा र उत्पादित वस्तुहरु निर्यात गर्न नसक्दा नारायणी अञ्चलको हेटौंडा लगायत तराई क्षेत्रका कतिपय उद्योगहरु बन्द भएका तथा केही उद्योगहरु आज भोलीनै बन्द हुने अवस्थामा पुगेका र केही उद्योगहरु नेपालबाटनै विस्थापित हुन थालेको जानकारी प्राप्त भएको छ भने फोरमका कार्यकर्ताहरुद्वारा आज दिउंसो नेपाल दूर संचार कार्यालयमा तोडफोड गरी ठूलो क्षति पुर्‍याएको बारा उद्योग वाणिज्य संघले जानकारी गराएको छ ।

त्यसैगरी लुम्विनी, भेरी, सेती र महाकाली अंचलमा रहेका उद्योग कलकारखाना, व्यापार व्यवसाय, शिक्षण संस्था, सरकारी कार्यालय, बैंक तथा भंसार कार्यालयहरु सुचारु संचालन भएका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.