»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सरावगीको निवासमा भएको बम प्रहारको घोर भर्त्सना एवं दोषि माथि कडा कारवाहीको माग (२०६३/१२/४)


लोकतन्त्रको स्थापनासंगै देशको आर्थिक-सामाजिक विकासको क्षेत्रमा आशाप्रद संकेतहरु देखा परेका बेला तर्राई एवं विभिन्न क्षेत्रबाट भएका आन्दोलनका कारण भएको बन्द, हड्ताल जस्ता गतिविधिले राज्यको प्रमुख आय तथा रोजगारीको श्रोत उद्योग व्यवसाय ठप्प हुन गएको र अनेकन प्रयास एवं समझदारीका कारण तर्राईमा क्रमशः जनवीवन सामान्य हुन लागेको तथा विभिन्न आन्दोलनरत पक्षहरु वार्ताद्वारा समस्या समाधान तर्फअग्रसर हुदै आएको अवस्थामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष विजय कुमार सरावगीको वीरगञ्ज उप-महानगरपालिका-१६ स्थित निवासमा हिजो बेलुकी अज्ञात समूहद्वारा बम प्रहार गरिएबाट शान्ति सुरक्षामाथिको विश्वसनियतामानै आघात पुग्न गएको हुंदा नेपाल उद्योग वाणिज्य महासंघ त्यसको घोर भर्त्सना एवं निन्दा गर्दछ ।

विगतको द्वन्दबाट तहस नहस भएको उद्योग व्यवसायको पुनरुत्थानका साथै यस क्षेत्रलाई सरकार लगायत सवै पक्षबाट प्रोत्साहित गरि गति दिनु पर्नेमा उद्योग व्यवसाय वा उद्योगी व्यवसायीको जनधन माथि क्षति पुर्‍याईनु वा पुर्‍याउने प्रयास गरिनु अत्यन्त निन्दनीय कार्य भएको हुंदा यस्ता गतिविधि दोहोरिन नदिन जिम्मेवार पक्षलाई महासंघ आव्हान गर्दछ ।

साथै उद्योग व्यापार व्यवसाय देशको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएको र आजको विश्वव्यापिकरण तथा उदार एवं बजार अर्थतन्त्रको सर्न्दर्भमा उद्यमी व्यवसायी विना उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्र चल्न र रोजगारी उपलब्ध हुन संभव नहुनुको साथै देशका उद्योग व्यवसाय र उद्यमी व्यवसायी हतोत्साहित एवं विस्थापित भएमा राष्ट्र र जनता माथि अकल्पनिय संकट पर्ने प्रष्टै भएकोले त्यस्ता घटनाका दोषिलाई तत्कालै पक्राउ गरी कडा से कडा कारवही गर्नुका साथै त्यस्ता घटनाहरु पुनः हुन नदिई सुरक्षाको प्रत्याभूति दिन महासंघ नेपाल सरकारसंग समेत जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.