लामो द्वन्द्व र अशान्ति पछि सरकार, सातै राजनैतिक दल र नेकपा माओवादी बीच सम्पन्न शान्ति सम्झौता एवं अन्तिरिम विधायिका संसदको गठन, अन्तिरिम संविधानको घोषणा पछि मूलुकमा शान्ति बहाली भई धराशायी भएका उद्योग व्यवसाय संचालनमा क्रमशः राहत पुग्न गई उद्योग व्यवसाय संचालन हुने विश्वास निजी क्षेत्रले लिएको थियो ।
तर यसै बीचमा मधेशको आन्दोलनको साथै संसदमा प्रवेश गरिसकेको तथा अन्तरिम सरकारमा सामेल हुने क्रममा रहेको नेकपा माओवादीका विभिन्न भातृ संगठनहरु तर्फबाट विशेषतः मजदुर यूनियन एवं अन्य जनवर्गिय संगठनहरुबाट भएको व्यापक श्रम अशान्तिको कारण एकातिर उद्योग व्यवसाय वन्द प्रायः अवस्थामा हुन गई विस्थापित हुने स्थिति उत्पन्न भएको छ भने अर्कोतिर उद्योगी व्यवसायीहरुको जीउ धनको सुरक्षाको प्रश्न त्यति नै संवेदनशील हुन गएको छ । उद्योग व्यवसायीहरु माथि हुने अपहरण, दवाव, तोडफोड, लुटपाट, कुटपिट जस्ता अमानविय क्रियाकलाप दिनदिनै बढ्दो रुपमा छन् भने काठमाण्डौं जस्तो ठाँउबाट दिहाडैं २५ औं व्यवसायीहरुको अपहरण हुनुले कुनै पनि उद्योगी व्यवसायीले सुरक्षित महशुस गर्न सक्ने स्थिति उत्पन्न भएको छैन । यस्ता घटना पछि सरकारको सुरक्षा निकायले आवश्यक कार्वाही थाल्नु पर्नेमा अझ सुरक्षाकर्मीको उपस्थितिमा नै व्यवसायीकै घर, व्यवसायमा आक्रमण हुनु ज्यादै दुःखद एवं लाजमर्दो कुरा हुनगएको छ । यसले गर्दा देशकै राजधानीमा शान्ति सुरक्षाको अवस्था गम्भिर हुनका साथै राज्यमा सरकारको उपस्थिति नै शुन्य प्रायः भइसकेको महसुस निजी क्षेत्रले गरेको छ ।
उद्योग व्यवसाय क्षेत्र भनेको देशकै मुख्य आर्थिक मेरुदण्ड भएको र कुनै पनि सरकार संचालनको लागि व्यावसायिक क्षेत्र ज्यादै अपरिहार्य हुने यथार्थता हुँदाहुंदै आज मुलुकमा निजी क्षेत्र माथि जुन हमला भइरहेको छ यसले समग्र देशको आर्थिक क्षेत्रलाई नै तहसनहस पुर्याउने भएको हुँदा यस प्रकारको अवान्छित गतिविधिमा तुरुन्त रोक लगाई तत्काल निम्न व्यवस्था मिलाउनको लागि सरकार साथै आठै राजनैतिक दलसंग हामी जोडदार माग गर्दछौं । यस परिस्थितिलाई कम आंकलन गरी भोलिको दिनमा हुन सक्ने सम्पूर्ण असहज परिस्थितिको लागि सरकार र आठै राजनैतिक दलहरु स्वयं जिम्मेवार रहनेछन् ।
(१) उद्योग व्यवसायी माथिको दवाव, अपहरण, तोडफोड, लुटपाट, चन्दा आतंक, उद्योग व्यवसायमा गरिएको तालावन्दी र कुटपिट जस्ता अति घोर निन्दनीय कार्यहरु तुरुन्तै बन्द गरियोस् ।
(२) मुलुकमा शान्ति सुरक्षा बहाली गरी अपराधिक घटनामा संलग्न व्यक्तिहरु माथि तुरुन्त कडा कारवाही गरी सोको सार्वजनिक रुपमा जानकारी गराइयोस् ।
(३) काठमाण्डौ र अधिराज्यभरका विभिन्न व्यक्तिहरुबाट कब्जा गरिएको धनसम्पत्ति र घरजग्गा अविलम्व फिर्ता गरी व्यावसायिक क्षेत्रलाई निर्वाधरुपमा आफ्नो व्यवसाय संचालन गर्ने वातावरणको सुनिश्चितता गरियोस् ।
उपरोक्त मागहरुलाई सरकार र आठै दलले तुरुन्त गम्भिर रुपमा लिई समस्या समाधानको लागि आवश्यक पहल गर्नको निम्ति सम्पूर्ण निजी क्षेत्रको तर्फबाट जोडदार माग गर्दछ । यस्ता असहज परिस्थितिमा पनि सरकार गम्भिर नभई मुकदर्शकको रुपमा मात्र रहिरहन्छ र उपरोक्त मागहरु प्रति सरकार र आठै राजनैतिक दलहरुबाट प्रतिवद्धता देखाइदैन भने निजी क्षेत्र कडा कदम चाल्न वाध्य हुनेछ । आजैको घटनाबारे जानकारी गराई समस्याको समाधान गर्नको लागि निजी क्षेत्रबाट प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनको लागि प्रधानमन्त्री निवासमा भेट्न जाँदा निजी क्षेत्रको प्रतिनिधिहरुलाई भेट्न नखोज्नुले निजी क्षेत्र प्रति सरकार कति उदासिन र गैर जिम्मेवार छ भन्ने कुराको पुष्टी हुन्छ । त्यसैले सम्पूर्ण निजी क्षेत्र हालको लागि तपसिल बमोजिमको आन्दोलनको कार्यक्रमको समेत यसै प्रेस विज्ञप्ती मार्फत घोषणा गर्दछ ।
(क) तत्काल प्रधानमन्त्री लगायत आठै दलले निजी क्षेत्रको प्रतिनिधिहरुसँग भेटी निजी क्षेत्रको समस्या समाधानको सार्वजनिक प्रतिवद्धता व्यक्त नगरेसम्म आज मिति २०६३ साल चैत्र ५ गते दिनको ३:०० बजेदेखि अनिश्चित कालसम्मको लागि सम्पूर्ण उद्योग कलकारखाना, आयात निर्यात व्यापार, शैक्षिक संस्था, यातायात, वित्तिय संस्था, बजार र सेवा व्यवसाय तथा हवाई क्षेत्रसमेत बन्द गरिनेछ ।
तपसिल
१. नेपाल उद्योग वाणिज्य महासंघ
२. नेपाल उद्योग परिसंघ
३. नेपाल चेम्बर अफ कमर्स
४. नेपाल घरेलु तथा साना उद्योग महासंघ
५. नेपाल निर्माण व्यवसायी महासंघ
६. नेपाल फ्रेट फरवार्डर्स संघ
७. नेपाल तयारी पोशाक उद्योग संघ
८. निजी तथा आवाशिय विद्यालय संगठन
९. होटल संघ नेपाल
१०. ट्रेकिङ्ग एजेन्टस् एशोसिएशन अफ नेपाल
११. नेपाल एशोसिएशन अफ टुर अपरेटरस्
१२. नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स्
१३. नेपाल एशोसिएशन अफ राफ्टिङ्ग
१४. नेपाल मारवाडी परिषद्
१५. मारवाडी सेवा समिति काठमाण्डौं
१६. राष्ट्रिय सुरक्षा व्यवसायी संघ, नेपाल
१७. नेपाल खुद्रा व्यापार संघ
१७. नेपाल ठमेल पर्यटन विकास परिषद्
१८. नेपाल समुन्द्रपार निकासी पैठारी संघ
१९. काठमाण्डौं स्वीटर बुनाई संघ
२०. नेपाल घ्यू तेल उत्पादक संघ
२१. विशाल बजार व्यापार संघ
२२. कम्प्युटर एशोसिएशन अफ नेपाल
२३. नेपाल व्यांकर्स एशोसिएशन
२४. नेपाल वित्तिय संस्था संघ
२५. नेपाल महिला उद्यमी महासंघ
२६. नेपाल वायूसेवा संचालक संघ
२७. नेपाल कोरिया उद्योग वाणिज्य संघ
२८. नेपाल इलेक्ट्रीकल एशोसिएशन
२९. नेपाल गलैचा निकासीकर्ता संघ
३०. यंग इन्टरप्रिनरस् एशोसिएशन
३१. नेपाल पेय पदार्थ संघ
३२. नेपाल औषधि उत्पादक संघ
३३. अटोमोवाइल्स डिलर्स एशोसिएशन
३४. पश्मिना उद्योग संघ
३५. नेपाल मसलन्द उत्पादक संघ
३६. नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
३७. नेपाल निर्माण सामग्री संघ
३८. नेपाल जेसिस
३९. इन्टरनेट सेवा प्रदायक संघ
४०. नेपाल हाते कागज उत्पादक संघ
४१. सुरज आर्केड व्यापार संघ
४२. रत्न प्लाजा व्यापार संघ
४३. प्लोरमिल एशोसिएशन
४४. रेष्टुरेन्ट एण्ड वार एशोसिएशन
४५. नेपाल प्लाष्टिक उद्योग संघ
४६. नेपाल कपडा उद्योग संघ
४७. नेपाल जर्मन उद्योग वाणिज्य संघ
४८. नेपाल जापान उद्योग वाणिज्य संघ
४९. नेपाल पेट्रोलियम डिलर्स संघ
५०. नेपाल अमेरिका उद्योग वाणिज्य संघ
५१. नेपाल भारत उद्योग वाणिज्य संघ
५२. नेपाल ओभन फेब्रिक एशोसिएशन
५३. नेपाल विष्कुट उत्पादक संघ
५४. नेपाल पाउरोटी उद्योग संघ
५५. पशुपति प्लाजा व्यापार संघ
५६. आर. वि. कम्प्लेक्स व्यवसायी संघ
५७. राष्ट्रिय व्यावसायिक पहल
५८. नेपाल चलचित्र निर्माता संघ
५९. नेपाल यातायात व्यवसायी संघ
६०. ललितपुर उद्योग वाणिज्य संघ
६१. नेपाल ब्रिटेन उद्योग वाणिज्य संघ
६२. भक्तपुर उद्योग वाणिज्य संघ
६३. नेपाल सुपर मार्केट तथा डिमार्टमेन्टल स्टोर्स संघ
६४. केन्द्रीय गलैचा उद्योग संघ
६५. भोटाहिटी व्यापार संघ
६६. नेपाल रसिया उद्योग वाणिज्य संघ
६७. नेपाल एल. पि. ग्यास उद्योग संघ
६८. प्राइभेट हेल्थ इन्ष्टीच्युट एशोसिएशन अफ नेपाल
६९. नेपाल होजियारी उत्पादक संघ
७०. चाइना टाउन व्यापार संघ
७१. नेपाल पर्वतारोहण संघ