»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















निजी क्षेत्रद्वारा जारी आन्दोलन केही समयको लागि स्थगित


आज २०६३ साल चैत्र ७ गते बसेको आठ दलको बैठक पछि प्रकाशित प्रेस विज्ञप्ति प्रति नेपाली निजी क्षेत्रको गंभीर ध्यानाकर्षण भएको छ ।

निजी क्षेत्रको माग र समस्या समाधानका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग बूदांगत रुपमा भएको छलफल एवं आठै दलका शीर्षस्थ नेताहरुको बैठक पछि सार्वजनिक प्रतिबद्धताका साथ प्रकाशित उक्त विज्ञप्ति सकारात्मक दिशा तर्फपहिलो कदमको रुपमा हामीले पाएका छौं ।

निजी क्षेत्रले आफ्ना मागहरु पूरा गराउने क्रममा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरुसंग भएको द्विपक्षीय छलफलमा समेत उहांहरुबाट आन्दोलन स्थगित गरी निजी क्षेत्रसंगको सहकार्यलाई उचाईमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त भएको र वार्ताबाट समस्या समाधान गर्न भएको आग्रह एवं यसै क्रममा आम जनताको हित एवं मुलुकमा विकसित घटनाक्रमलाई समेत मध्य नजर राख्दै निजी क्षेत्रबाट यही चैत्र ५ गतेबाट संचालित आन्दोलन केही समयका लागि स्थगित गरिएको छ ।

देशभरीका तमाम उद्योगी व्यवसायीसंग प्रत्यक्ष संवाद र प्रतिवद्धता पछि सम्पूर्ण उद्योग व्यवसाय, पर्यटन, कलकारखाना, विद्यालय यथावत संचालन हुने छन् भन्ने हामीले पूर्ण अपेक्षा गरेका छौं । प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष लगायतबाट व्यक्त प्रतिबद्धता पूर्ण रुपमा पालना हुने विश्वास हामीले लिएका छौं । सार्वजनिक रुपमा भएका यी प्रतिबद्धताहरु पूर्ण पालना नभएमा हाम्रो आन्दोलन पुनः चालू रहने पनि यहां स्पष्ट गर्न चाहन्छौं ।

निजी क्षेत्र देशमा शान्ति, सद्भाव एवं दीगो विकासका साथै उद्योग, व्यापार, व्यवसाय सधै सुचारु होस् र आम जनजीवन सामान्य होस् भन्ने उत्कट अभिलाषा राख्दछ । यस अभिलाषालाई निरन्तरता दिन आठै राजनीतिक दलको निजी क्षेत्र प्रतिको प्रतिबद्धतालाई भोली हुने कार्यान्वयन र व्यवहारबाट स्पष्ट हुने हामीले अपेक्षा गरेका छौं र सो सम्बन्धमा छुट्टै कार्यदल बनाई वार्तालाई अघि बढाइने छ ।

साथै आयोजक संघ संस्थाहरुद्वारा हिजो आयोजित वृहत र्‍यालीमा कहिकतै अप्रिय घटना एवं घुसपैठ नभएको होला भन्न सकिदैन । यस्ता घटनाको जिम्मेवारी आयोजकहरुले लिनु पर्छ भन्ने मान्यताको सन्दर्भमा आयोजकहरुको त्यस्ता अप्रिय घटनामा कुनै संलग्नता नभएको स्पष्ट पार्दै यदि कुनै अप्रिय घटना भएको भए सो प्रति गंभीर दुःख प्रकट गर्दछौं ।

निजी क्षेत्रको माग एवं कार्यक्रम प्रति काठमाडौं उपत्यका लगायत अधिराज्यका सम्पूर्ण संघ संस्था, उद्योगी व्यवसायी, पेशागत तथा व्यावसायिक संघ संस्था, नागरिक समाज एवं जनसाधारणका साथै पत्रकार तथा समाचार जगतबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यवद्धताका लागि सबैमा निजी क्षेत्र हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.