»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्क कार र्žयाली - २००७ लाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघको आग्रह (२०६३-१२-८)


यही चैत्र १ गतेदेखि बंगलादेशको कोक्स बजारबाट शुरु भएको सार्क सदस्य राष्ट्रहरु सम्मिलित "सार्क कार र्žयाली-२००७" (SAARC Car Rally 2007) बंगलादेश-भारत-भुटान-भारत-नेपाल-भारत-पाकिस्तान-भारत-श्रीलंका हुंदै २०६४ वैशाख १ गते मालदिभ्सको मालेमा अन्त्य हुने गरी यही चैत्र ९ गते कांकडभिट्टाबाट नेपाल प्रवेश गरेको र त्यहांबाट हेटौडा, नारायणगढ एवं पोखरा भई चैत्र १० गते काठमाडौं आई पुग्ने तथा चैत्र ११ गते नारायणगढ एवं लुम्बिनी हुंदै चैत्र १२ गते महेन्द्रनगरबाट भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

सो कार र्žयाली मार्फत नेपाल र नेपालीको परिचय तथा पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा अझ बढी उचाईमा पुर्žयाउनुको साथै नेपालको आर्थिक सामाजिक विकास लगायत पर्यटन प्रबर्द्धनको लागि समेत महत्वपूर्ण अवसर हुने भएकोले यस कार्यक्रमलाई कुनै पनि बाधा व्यवधानबाट मुक्त राख्न सबै नेपालीको अहं भूमिका रहने छ ।

उक्त कार र्žयालीको ऐतिहासिक क्षणमा सम्पूर्ण उद्योगी व्यवसायी, संघ/संस्था एवं पेशाकर्मी, विभिन्न समूदाय, नागरिक समाज, पत्रकार एवं समाचारजगत तथा आम नेपाली जनसमूदायमा कार र्žयालीलाई भव्यताका साथ सफल पार्ने कार्यमा सहयोगका साथै उक्त र्žयाली काठमाडौं उपत्यका प्रवेशको क्रममा चैत्र १० गते शनिवार अपरान्ह ५:०० बजे थानकोट, नागढुङ्गामा र्žयालीको स्वागतका लागि उपस्थित भई कार्यक्रमलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.