»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















निजी क्षेत्रका माग र समस्या प्रतिको प्रतिवद्धता अनुगमन एवं कार्यान्वयन प्रक्रिया अघि बढाउन विभिन्न व्यवस्था (२०६३/१२/११)


विभिन्न मागहरु राख्दै निजी क्षेत्रले आरम्भ गरेको आन्दोलनको पृष्ठभूमिमा प्रधानमन्त्री र नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) समेत आठै राजनीतिक दलले लिखित रुपमा सार्वजनिक प्रतिबद्धता गरे पश्चात आमजनताको हित एवं देशमा विकसित घटनाक्रमहरु समेतलाई मध्यनजर राख्दै केही समयका लागि आन्दोलन स्थगित भएको र्सवविदितै छ ।

निजी क्षेत्रका माग र समस्याहरुमा उल्लेखित सार्वजनिक प्रतिबद्धता अनुरुप सोको अनुगमन एवं कार्यान्वयनका लागि अविलम्ब प्रक्रिया अगाडि बढाउने परिप्रेक्षमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसिएशन नेपाल, नेपाल निजी तथा आवासीय विद्यालय संघ लगायत अन्य व्यावसायिक एवं पेशागत संघ/संस्थाहरु बीचको उपस्थितिमा भएको दुई दिनको व्यापक छलफलपछि स्टेरिङ्ग कमिटी तथा वर्किङ्ग कमिटीको गठन गर्ने निधो भएको छ । सो कमिटीले आगामी दिनहरुमा गर्ने कार्यक्रम वारे निक्र्यौल र निर्णय गर्ने छ ।

साथै समस्या समाधान एवं सोको प्रक्रियालाई अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघमा सचिवालय रहने गरी विभिन्न विषयलाई थप सकृयतापूर्वक कार्यान्वयन गर्ने व्यवस्था गरिनेछ । यसरी व्यवस्था गरिने विषयहरुमा (१) शान्ति सुरक्षा तथा श्रम, (२) जनसम्पर्क एवं सञ्चार, (३) साझा आर्थिक एजेण्डा र (४) श्रोत परिचालन रहेका छन् ।

निजी क्षेत्रको माग र समस्या समाधानका लागि सरकार र आठ राजनीतिक दलहरुबाट सार्वजनिक प्रतिबद्धता व्यक्त गरिएकोमा सो प्रतिबद्धताको शिघ्र कार्यान्वयन हुने विश्वास सहित नेपाल सरकार, प्रधानमन्त्री, नेकपा (माओवादी) का अध्यक्ष समेत आठै राजनीतिक दलका शीर्षस्थ नेताहरुका साथै आन्दोलन सफल पार्न काठमाडौं उपत्यका लगायत अधिराज्यभरका उद्योग वाणिज्य संघहरु लगायत विभिन्न संघ/संस्था उद्योगी, व्यापारी, व्यवसायी, पेशागत एवं व्यावसायिक संघ/संस्था, सञ्चार माध्यम, पत्रकार जगत, नागरिक समाज तथा उपभोक्ताबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्राप्त ऐक्यबद्धता, सहयोग, सद्भावका लागि सम्पूर्ण निजी क्षेत्रका तर्फबाट हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको पूर्ण अपेक्षा निजी क्षेत्रले गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.