नेपालगञ्जमा गत पौषमा भएको घटनाका वेला जनधनको ठूलो क्षति भएको र सो घटना सम्बन्धमा गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न, पिडितहरुलाई क्षतिपूर्ति दिलाउन तथा घटनाका दोषि माथि कारवाहीको माग गर्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले गर्दै आएका चरणवद्ध कार्यक्रमको क्रममा आज स्थानीय आन्तरिक राजश्व कार्यालयमा शान्तिपूर्ण धर्नामा बसेको केही समयमै सो संघका अध्यक्ष दामोदर आचार्य, निवर्तमान अध्यक्ष सतिश चन्द्र अग्रवाल, उपाध्यक्ष तथा संर्घष समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, उपमहासचिव प्रदीप कुमार गुप्ता, का.स. सदस्य विष्णु प्रसाद गौतम लगायतका पिडित व्यवसायीहरुलाई गिरफ्तार गरिएकोमा उहांहरुको तत्काल ससम्मान रिहाईका साथै नेपालगञ्ज घटनाबाट भएको उद्योगी व्यवसायीको नोक्सानीको तत्काल क्षतिपूर्तिका साथै घटनाका दोषी माथि कडा कारवाहीका लागि नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार एवं सम्बन्धित निकायसंग आग्रह गर्दछ ।
आफ्नो व्यवसायिक हक हित, सुरक्षा तथा नोक्सानीको क्षतिपूर्तिको व्यवस्था जस्ता न्यायिक एवं जायज माग गर्दै विरोध कार्यक्रममा रहेका संघका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुलाई यसरी धरकपड गरि गिरफ्तार गर्नु न्याय संगत नहुने पनि यस महासंघको धारणा रहेको छ ।