नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष दिवाकर गोल्छाको अध्यक्षतामा महासंघको सचिवालयमा आज बसेको महासंघको कार्यकारिणी समितिको वैठकले एक शोक प्रस्ताव पारित गर्दै महासंघका अध्यक्ष चण्डिराज ढकालका पुज्य पिता लक्ष्मण प्रसाद ढकालको ८० वर्षो उमेरमा गए राती असामयिक निधन भएकोमा नेपालको तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको उल्लेख छ ।
वि.सं. १९८४ साल भदौ ३ मा भोजपुरमा जन्मिई झापालाई आफ्नो कार्यथलो बनाउंदै आउनु भएका स्वर्गिय ढकाल राजनीतिज्ञ एवं समाजसेवी हुनु हुन्थ्यो । उहांले सो क्षेत्रमा पुर्याउनु भएको योगदान स्मरणीय रहेको उक्त प्रस्तावमा उल्लेख छ ।
सो दुःखद् घडीमा उक्त वैठकले महासंघका अध्यक्ष चण्डिराज ढकाल तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग पर््रार्थना गरेको छ ।