»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा उद्योगी सारदा माथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषि माथि कडा कारवाहीको माग (२०६३/१२/३०)


नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्पूर्ण निजी क्षेत्रले उद्योगी व्यवसायी माथिको दवाव, अपहरण, तोडफोड, लुटपाट, चन्दा आतंक, उद्योग व्यवसायमा ताला बन्दी र कुटपीट जस्ता कार्यहरु तुरुन्तै बन्द गर्नु पर्ने मा“ग धेरै पहिलेदेखि गर्दै आएको सर्न्दर्भमा यस्ता घटनाहरु नदोहोरिने लिखित प्रतिबद्धता प्रधानमन्त्री लगायत आठ राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट हालै मात्र सार्वजनिक गरिए पनि सो प्रतिबद्धता विपरितका गतिविधिहरु अझै नरोकिएकोमा महासंघ सरकार एवं आठै राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराउंदछ ।

यसै बीच अखिल नेपाल निजी सवारी चालक संघसंग आवद्ध सवारी चालकहरुको एक समूहले उछृंखल व्यक्तिहरु समेतको संलग्नतामा पायोनियर केबल इण्डष्ट्रिजका सञ्चालक श्याम सुन्दर सारदालाई उहांको विराटनगर-२ स्थित घरमै गई आक्रमण गरी घाइते बनाउनुका साथै शारीरिक तथा मानसिक पीडा समेत दिएकोमा महासंघ त्यस प्रति आपत्ति जनाउंदै त्यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दछ ।

साथै उक्त प्रतिबद्धता अनुरुप मुलुकमा शान्ति सुरक्षा कायम गर्न तथा उद्योग व्यवसाय निर्वाध रुपमा सुसञ्चालनका लागि उपयुक्त वातावरण सुनिश्चित गर्न सरकारले आवश्यक उपाय अवलम्बन गर्नुका साथै त्यस्ता घटना आगामी दिनमा हुन नदिई दोषि माथि कडा कारवाही गरी जनताको जीउ धन र उद्योग व्यवसायको सुरक्षा गर्न समेत महासंघ नेपाल सरकार लगायत सम्बन्धित राजनीतिक दलहरुसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.