»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा उद्योगी मनोज कावराको तत्काल सकुशल रिहाईका लागि आग्रह (२०६४/१/३)


सप्तरीको कठौना स्थित शम्भुनाथ आधुनिक राइस मिलका प्रोप्राईटर मनोज कावरालाई अज्ञात समूहले अपहरण गरी लगेको चार/पाँच दिन भई सक्दा पनि उहांको स्थिति अझै अज्ञात रहेकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित हुनुको साथै यस प्रकारको घटनाको घोर भर्त्सना गर्दै श्री कावरालाई तत्काल सकुशल रिहाईका लागि सम्बन्धित पक्षसंग जोडदार माग गर्नुका साथै यस कार्यमा सक्रिय सहयोग गर्न स्थानीय प्रशासन लगायत सबैसंग आग्रह गर्दछ्।

साथै उद्योगी व्यवसायी माथिको दवाव, अपहरण, तोडफोड, लुटपाट, चन्दा आतंक, उद्योग व्यवसायमा ताला बन्दी र कुटपीट जस्ता कार्यहरु तुरुन्तै बन्द गर्नु पर्ने माँग धेरै पहिलेदेखि गर्दै आएको सर्न्दर्भमा यस्ता घटनाहरु नदोहोरिने लिखित प्रतिबद्धता प्रधानमन्त्री लगायत आठ राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट हालै मात्र सार्वजनिक गरिए पनि सो प्रतिबद्धता अनुरुप उद्योगी व्यवसायी लगायतका जनधनको सुरक्षाको प्रत्याभूति अझै हुन नसकेकोमा सरकार एवं आठै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गर्दै यस्ता गतिविधि शिघ्र नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न समेत महासंघ जोडदार अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.