»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वौद्धिक सम्पत्तिको संरक्षण प्रभावकारी हुनु पर्नेमा विश्व वौद्धिक सम्पत्ति दिवसका अवसरमा जोड (२०६४/१/१३)


वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी चेतनाको कमी तथा आवश्यक कानूनको अभावका कारण वौद्धिक सम्पत्ति संरक्षणबाट नेपालले लाभ उठाउन नसकेको कुरा सम्बन्धित विज्ञहरुले बताएका छन् ।

विश्व वौद्धिक सम्पत्ति दिवस २००७ (World Intellectual Property Day 2007) को अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय/उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आज महासंघको सचिवालयमा आयोजित सो सम्बन्धी छलफल कार्यक्रमका सहभागी विज्ञहरुले वौद्धिक सम्पत्ति संरक्षणमा नेपाल धेरै पछाडि परेको बताए ।

विश्व वौद्धिक सम्पत्ति दिवस-२००७ को नारा श्रृजनशीलताको प्रवर्द्धन गरौं (Encouraging Creativity) रहेको छ । नेपालमा वौद्धिक सम्पत्तिको कानूनी र प्रशासनिक शुरुवात ७० वर्षभन्दा अघिनै भएको भएपनि त्यसको उपयोग भने नगन्य नै रहेको सो अवसरमा बताइयो । एक तथ्यांक अनुसार नेपालमा झण्डै ४ लाख उद्यम व्यवसाय दर्ता रहेकोमा करिव २५ हजार मात्रले ट्रेडमार्क दर्ता गराएका छन् । पेटेन्ट दर्ता विदेशीको समेत गरेर सय नाघेको छैन । बजारमा देखिने नक्कली वस्तुहरुको तुलनामा कारवाहीका लागि पर्ने उजुरीहरु नगण्य छन् ।

वौद्धिक सम्पत्ति उपयोग गर्ने क्षमता विकास गरेर लघु, घरेलु तथा साना उद्योगहरुको विकास गर्ने र वौद्धिक सम्पत्तिको विभिन्न साधनहरुको संरक्षण तथा उपयोग गरेर आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले आजैबाट उद्योग विभागमा वौद्धिक सम्पत्ति उपयोग क्षमता विकास कार्यक्रम संचालन भएको जानकारी पनि सो अवसरमा गराइयो ।

उक्त कार्यक्रम मार्फ वौद्धिक सम्पत्ति बारे सरल भाषामा पुस्तिका, अन्य सामग्री प्रकाशन, वितरण, संचार माध्यमहरुबाट सम्बन्धित सामग्रीहरु प्रकाशन तथा प्रशारण, वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विद्यमान ऐन कानूनहरुलाई सहज र सरलीकरण गर्ने कार्यमा गतिविधिहरु संचालन गरिने छ ।

सो कार्यक्रमलाई सम्वोधन गर्नु हुंदै उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका निमित्त सचिव पुरुषोत्तम ओझाले वौद्धिक सम्पत्ति संरक्षणको प्रत्याभुति दिन नसकेसम्म विदेशी लगानी तथा प्रविधि आकषिर्त हुन नसक्ने हुंदा यसको संरक्षणका लागि सरकार सचेत रहेको र सोही अनुरुप आवश्यक ऐन कानूनको व्यवस्थामा लागिपरेको स्पष्ट पार्नुभयो । यसैका लागि औद्योगिक सम्पत्ति संरक्षण कानूनको मस्यौदा तयारी भएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रमको प्रारम्भमा महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले वौद्धिक सम्पत्ति संरक्षणबाट उद्योग व्यवसाय क्षेत्रले उठाउन सक्ने लाभका विषयमा पर्याप्त जानकारी दिन नसकेसम्म यसबाट लाभान्वित हुन नसक्ने बताउनु भयो । उपँध्यक्ष जोशीले यस सम्बन्धी कानूनको अभाव र चेतनाको कमीका कारण हामीले लाभ उठाउन नसकेको स्पष्टपार्दै महासंघले यस सम्बन्धी छुट्टै इकाईको व्यवस्था सहित चेतनामूलक कार्यक्रम संचालन गर्दै आएको जानकारी गराउनु भयो ।

उद्योग विभागका महानिर्देशक राजेन्द्र ढुंगेलले विश्वव्यापार संगठनको सदस्यता लिएको नेपालले वौद्धिक सम्पत्ति संरक्षणबाट लाभ उठाउन पेटेन्ट डिजाइन, ट्रेड मार्क दर्ता जस्ता कार्यलाई तिब्र पार्नु पर्ने सुझाव दिनु भयो । महानिर्देशक ढुंगेलले वौद्धिक सम्पत्ति संरक्षणमा हाम्रो पछौटेपनको अन्त गर्न सरकार र निजी क्षेत्रको साझेदारीको आवश्यकता औल्याउनु भयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विभागका कार्यक्रम निर्देशक विसु कुमार के.सीले वौद्धिक सम्पत्तिको दर्ता प्रक्रिया सरल र व्यवहारिक बनाउंदै जानु पर्ने धारणा व्यक्त गर्नु हुंदै वौद्धिक सम्पत्ति उपयोग क्षमता विकास कार्यक्रमका बारे प्रकाश पार्नु भएको थियो ।

महासंघको औद्योगिक प्रवर्द्धन समितिका सभापति प्रदीपजंग पाण्डेले औद्योगिक एवं वौद्धिक सम्पत्ति संरक्षणको लागि सो सम्बन्धी कानूनी प्रावधानहरुलाई आवश्यकता अनुसार समसामयिक सुधार गर्नुका साथै कर्डाईका साथ लागू गर्नुपर्ने र थप कानूनहरुको व्यवस्था गर्नुपर्ने, निजी साझेदारीको अवधारणा अनुरुप वौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने र महासंघद्वारा प्रस्तुत सुझाव अनुसार सम्बन्धित सरकारी निकायहरुमा समेत वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी छुट्टै इकाईको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार लगायतका सहभागी उद्योगी व्यवसायी, कानुन व्यवसायी तथा यस क्षेत्रका विज्ञहरुले वौद्धिक सम्पत्ति संरक्षणका लागि विद्यमान कानूनहरुको समेत सहि कार्यान्वयन हुनु पर्ने, ट्रेडमार्क दर्ता प्रति उद्योग व्यवसाय लगायत सरोकारवालाहरु विश्वस्त हुनु पर्ने र ट्रेडमार्क दर्ता सम्बन्धी निर्देशिका नियमित रुपमा प्रकाशमा ल्याउनु पर्ने सुझाव दिनु भयो ।

कृपया फोटोको लागि यहाँ क्लिक गर्नु होला

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.