»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको सन्देश (२०६४।१।१७)


११८ औं अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले दिनु भएको शुभ-कामना सन्देशमा सम्पूर्ण श्रमिक कामदार दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

उक्त सन्देशमा अध्यक्ष ढकालले लोकतन्त्र स्थापना भए पश्चात शान्ति सम्झौता लगायत राजनैतिक स्तरमा भएका थुप्रै दुरगामी निर्णयले मुलुक नयाँ युगमा प्रवेश गरेको र यो हामी सबैको लागि गर्वको कुरा हो भन्नु हुंदै राजनैतिक उपलब्धीलाई सामाजिक तथा आर्थिक सुधार तर्फकेन्द्रीत गर्नु पर्ने अवस्थामा मनाउन लागिएको मे दिवसलाई हामीले विशेष महत्वका साथ हेरेका छौं उल्लेख गर्नु भएको छ ।

साथै उहांले मुलुक अहिले विभिन्न खाले समस्याबाट गुज्री रहेको र परिवर्तित सन्दर्भमा मुलुकलाई सहि गतन्व्य तर्फअघि बढाउन कानूनी तथा नीतिगत सुधारका साथै श्रम सम्बन्ध सुधारका लागि पनि हामी थप कृयाशील हुनु पर्ने स्थिति भएको उल्लेख गर्नु हुंदै औद्योगिक शान्ति कायम गरी उद्योग व्यवसाय क्षेत्रलाई गतिशिल बनाई थप रोजगारी सृजना गर्नु हाम्रो साझा लक्ष्य र चुनौती भएको बताउनु भएको छ ।

यसैगरी उहाँले शान्ति, सम्वाद र सहकार्यबाट प्रेरित हाम्रा कृयाकलापले सही मानेमा औद्योगिक प्रजातन्त्रसंगै असल श्रम सम्बन्धको विकास र सामाजिक न्याय प्रवर्द्धन गर्न बल पुग्दछ भन्ने महासंघको धारणा रहेको उल्लेख गर्नु हुंदै आगामी दिनहरुमा आपसी सद्भावको प्रवर्द्धन गर्दै नयाँ नेपाल निर्माणका लागि सहकार्य गरौं भन्ने आग्रह सहित सबैमा शुभेच्छा व्यक्त गर्नु भएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.