»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















स्तरीय उत्पादन र सेवाको क्षेत्रमा विश्लेषण तथा नियन्त्रण बिषयक कार्यशाला (२०६४/१/२६)


कुनै पनि क्षेत्र वा बस्तुको उत्पादन तथा सेवाका क्षेत्रमा गुणस्तरको महत्वपूर्ण भूमिका रहन्छ र स्तरियता विना सफलता प्राप्त गर्न कठिनाई पर्दछ । विश्वव्यापिकरण तथा क्षेत्रीय स्वतन्त्र व्यापार व्यवस्थाको वर्तमान अवस्थामा त स्तरीयता विना कुनै पनि व्यवसाय सफल हुन कठिन हुन्छ ।

आज प्रत्येक राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत गुणस्तर कायम गर्ने कार्यमा छुट्टा छुट्टै संगठन कार्यरत रहि आएका छन् । यतिमात्र नभई प्रत्येक कार्य र सेवा स्थलमा समेत यस सम्बन्धी चेतना बढ्दै गएको छ । बस्तु र सेवा स्तरीय नभएमा त्यसबाट स्वास्थ्य एवं प्राणी जगतमा विभिन्न खतरा पनि हुन सक्दछ । तर्सथ बस्तु र सेवाको उत्पादन वा उद्गम स्थलबाट गुणस्तर कायम नभएको खण्डमा हुन सक्ने खतराको विश्लेषण एवं नियन्त्रण गरी स्तरीय उत्पादन र सेवा प्रवाह गर्न/गराउन सचेत रहनु पर्दछ ।

यसै क्रममा नेपाल उद्योग वाणिज्य महासंघद्वारा खतरा विश्लेषण तथा नियन्त्रण विन्दु बिषयक एक दिने राष्ट्रिय कार्यशाला (National Level Workshop on Hazard Analysis and Critical Control Point) आज महासंघको सचिवालयमा आयोजना गरियो ।

उक्त कार्यशालाको शुभारम्भ गर्नु हुंदै महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति बिजय बहादुर श्रेष्ठले कुनै पनि निकाय/संस्था वा कम्पनीका लागि पनि गुणस्तर नियन्त्रण अत्यन्त आवश्यक भएको र सोको अभावमा उत्पादन, सेवा, बजार विकास लगायत राष्ट्रिय आर्थिक सामाजिक विकास सम्भव नहुने भएकाले महासंघले सो सम्बन्धी छुट्टै समिति गठन गरी गुणस्तर नियन्त्रण तथा गुणस्तर व्यवस्थापनका विभिन्न पक्षमा तालीम तथा जागरण अभियान अगाडि बढाउंदै आएको उल्लेख गर्नु भयो ।

खाद्य प्रशोधन, दुग्ध उत्पादन, होटल, रेष्टुरेन्ट, अस्पताल, औषधि तथा हवाई सेवासंग सम्बन्धित संघ/संस्थाका करिव २० जना वरिष्ठ प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा "खतरा विश्लेषण तथा नियन्त्रण विन्दु" (Hazard Analysis & Critical Control Point) सम्बन्धी परिभाषा र अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दै गएको यसको महत्व, सिद्धान्त, कार्यान्वयन गर्ने तरिका, नेपालमा यसको अवस्था र ऐन नियम सम्बन्धमा सम्बन्धित विज्ञहरुद्वारा प्रशिक्षण दिइएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.