»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कैलालीका महिला उद्यमीहरु महासंघ सचिवालयमा (२०६४/२/१७)


कैलालीका महिला उद्यमीहरुले महिला उद्यमशीलता विकासको लागि दक्षता विकास, उत्पादित वस्तुको बजारीकरण तथा वस्तु उत्पादन विविधिकरणमा जोड दिएका छन् ।

विभिन्न जिल्लाका महिला उद्यमीहरुसंग भेटघाट, अन्तरक्रिया तथा महिला उद्यमीहरुद्वारा संचालित उद्योग व्यवसायहरुको अवलोकन मार्फ अनुभव आदानप्रदान गर्ने उद्देश्यले आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आएको कैलालीका महिला उद्यमीहरु र महासंघको महिला उद्यमी विकास फोरमका सदस्य महिला उद्यमीहरु बीच भएको छलफल कार्यक्रममा सो कुरामा जोड दिएका हुन ।

सो अवसरमा भएको छलफलमा महिला उद्यमीहरुले स्थानीय शीप र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय संचालन गर्नुपर्ने, त्यसको लागि आवश्यक तालीमको पहिचान एवं संचालन तथा शीप विकास हुने खालका कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कैलालीका महिला उद्यमीहरुलाई संवोधन गर्ने क्रममा महासंघको महिला उद्यमी विकास फोरमकी सभापति शान्ति चड्डाले कैलालीका महिला उद्यमीहरुले उद्यमशीलता विकासमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनु भयो । उहांले स्थानीय स्रोत र साधनमा संचालन गर्न सकिने उद्योग व्यवसायको पहिचान गर्न सुझाव दिंदै उत्पादित वस्तुको बजार तथा शीपमुलक तालीमका लागि महासंघले आफनो तर्फाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

सो अवसरमा कैलाली उद्योग वाणिज्य संघमा गठित महिला उद्यमी समितिका सचिव एवं प्रतिनिधिमण्डलका सदस्य श्रीमती मधु थापा -के.सी.)ले भ्रमणको उद्देश्य वारे जानकारी गराउंदै महासंघमा भएको छलफलबाट आफूहरुले धेरै कुराको जानकारी पाएको र भ्रमण पश्चात प्राप्त अनुभवलाई आफूहरुले कार्य क्षेत्रमा उतार्ने बताउनु भयो । विभिन्न जिल्लाको भ्रमणका क्रममा महासंघमा आएको सात सदस्यीय उक्त प्रतिनिधिमण्डलमा कैलाली उवासंघका महासचिव दिनेशराज भण्डारी पनि सहभागिता थियो ।

छलफल कार्यक्रममा महासंघको महिला उद्यमी विकास फोरमका सह-सभापति एवं सदस्यहरु, महासंघका वरिष्ठ अधिकृतहरु लगायत महिला उद्यमीहरुको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.