»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको ४१ औ वाषिर्क साधारण सभा आइतवारदेखि काठमाडौंमा (२०६४/२/१८)


नेपाल उद्योग वाणिज्य महासंघको ४१ औं वाषिर्क साधारण सभा यही जेठ २० र २१ गते काठमाडौंमा हुने भएको छ । सो सभामा अधिराज्यका उद्योग वाणिज्य संघहरु तथा औद्योगिक व्यापारिक प्रतिष्ठान/संस्थानका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट समुद्घाटन सहित संबोधन र विशिष्ट अतिथि विधायिका संसदका सभामुख सुभाषचन्द्र नेम्वाङबाट सम्बोधन हुने सो साधारण सभामा वर्तमान अवस्थामा देश र जनताको प्रमुख आवश्यकता दीगो शान्ति र आर्थिक सम्वृद्धिका अतिरिक्त उद्योग, वाणिज्य तथा अर्थतन्त्रको सुधारका सम्बन्धमा सम्बन्धित सबै पक्षको सहभागितामा व्यापक छलफल एवं विचार विमर्श गर्ने कार्यक्रम रहेको छ । राजनीतिक रुपमा मुलुक सही दिशा तर्फअगाडी बढ्ने तरखरमा रहेको वर्तमान अवस्थामा सम्पन्न हुन गैरहेको महासंघको साधारण सभालाई सम्पूर्ण क्षेत्रबाट विशेष महत्वका साथ हेरिएको छ ।

साधारण सभाको क्रममा आयोजित विशेष समारोहलाई मन्त्रीहरु र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्षबाट समेत संवोधन हुने कार्यक्रम छ । उद्घाटन समारोहमा "नेउवामहासंघ सर्वोत्कृष्ट पुरष्कार" (FNCCI National Excellence Award), उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्य उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुलाई कदर तथा सम्मानबाट सम्मानित गर्ने कार्यक्रम छ । साधारण सभाले मुलुकको उद्योग वाणिज्य लगायत समग्र अर्थतन्त्रको उत्थान तथा प्रवर्द्धनका सम्बन्धमा विभिन्न प्रस्ताव पारित गरी कार्यान्वयनका लागि सरकार समक्ष पेश गर्ने छ ।

अधिराज्यभरिका उद्योगी व्यापारी व्यवसायीहरुको महत्वपूर्ण भेलाको रुपमा आयोजना हुने उक्त सभामा अधिराज्यका विभिन्न जिल्लाका प्रतिनिधिहरुबाट आ-आफनो क्षेत्रमा भोग्नु परेका समस्याहरु वारे अवगत गराउने तथा उक्त अवसरमा समाधानको बाटो निर्दिष्ट गरिने छ । उक्त सभाले महासंघलाई आगामी दिनमा अझ बढी गतिशिल बनाउन सहयोग र मार्गदर्शन गर्ने छ ।

वि.सं. २०२२ सालमा स्थापित महासंघको वाषिर्क साधारण सभामा अर्थतन्त्रका विविध पक्षहरुमा राष्ट्रिय तथा स्थानीय महत्वका समसामयिक बिषयहरु माथि समेत छलफल हुने छ । महासंघको दीर्घकालिन सोच र नीति अर्न्तर्गत महासंघमा थप विभिन्न केन्द्र एवं विभागको सञ्चालन व्यवस्था गरी सोही अनुसारको सचिवालय संगठनलाई प्रभावकारी बनाउने क्रममा मानव संसाधन विकास केन्द्र, विश्व व्यापार संगठन इकाई, महिला उद्यम विकास विभाग, दक्षिण एशियाली व्यावसायिक मञ्च जस्ता विभिन्न इकाई तथा कार्यक्रमहरु समेत सञ्चालन गरिएको छ ।

त्यसैगरी महासंघ भित्र कृषि उद्यम केन्द्र, इलम प्रशिक्षण केन्द्र, उजुरी सुनुवाई इकाई, व्यवसायिक मेलमिलाप केन्द्र, वालश्रम निवारण कार्यक्रम, गैर आवासीय नेपाली संघ सचिवालय, नेपाली युवा उद्यमी मंच, प्रविधि तथा व्यापार सूचना प्रवर्द्धन प्रणाली नेपाल नेशनल व्युरो (Trade Information Promotion System (TIPS) National Bureau) आदि संचालित छन् ।

स्थापनाकालमा जम्मा ४४ सदस्य संख्या रहेको महासंघको हाल जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरु ९०, वस्तुगत संघहरु ६४, एशोसिएट (प्रतिष्ठान, कम्पनी, कर्पोरेशन, बैंक, उद्योग) ३६७ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ १० गरी जम्मा ५३१ सदस्यहरु रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.