»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका तृतीय उपाध्यक्ष श्रेष्ठ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा (२०६४।२।२४)


अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) को स्वीजरलैण्डको राजधानी जेनेभामा सञ्चालित ९६ औं अधिवेशनमा भाग लिन नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठ हिजो त्यस तर्फ प्रस्थान गर्नु भयो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का सदस्य राष्ट्रका सरकार, रोजगारदाता एवं कामदार प्रतिनिधिको सहभागितामा यही जेठ १६ देखि असार १ गते (मे ३०-जुन १५, २००७) सम्म आयोजित उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम मापदण्डका विविध पक्षमा छलफल हुने छ ।

नेपालको रोजगारदाता प्रतिनिधिको रुपमा उपाध्यक्ष श्रेष्ठले उक्त सम्मेलनलाई यही जेठ ३१ गते सम्बोधन समेत गर्नु हुने कार्यक्रम छ ।

उहांका साथ महासंघको सदस्य कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालले पर्यवेक्षकको रुपमा उक्त सम्मेलनमा भाग लिंदै हुनु हुन्छ ।

नेपालको तर्फबाट श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकले नेतृत्व गर्नु भएको उक्त प्रतिनिधि मण्डलमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयका वरिष्ठ अधिकृतका साथै विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.