विश्वभर जून १२ को दिनलाई बालश्रम विरुद्धको विश्व दिवसको रुपमा मनाइदै छ । यस उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले दिनु भएको सन्देशमा बालश्रमविरूद्ध विश्वव्यापी अभियानप्रतिको सहयोगलाई तीव्र पार्न यस वर्षपनि "भविष्यको जोहोः वालश्रम विहिन कृषि उत्पादन" नारा सहित बालश्रम विरूद्धको विश्व दिवस विश्वभरि नै मनाइदै रहेको यस अवसरमा सम्पूर्ण बालवालिका भाई बहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।
उक्त सन्देशमा अध्यक्ष ढकालले "नेपालमा अझै पनि ठुलो संख्यामा विद्यालय जाने उमेरमा बालवालिकाहरु विद्यालय नगई विभिन्न पेशा, व्यवसायमा बालश्रमको रुपमा संलग्न रहेका छन् । यसको ठूलो हिस्सा असंगठित र कृषि क्षेत्रमा पनि छ । यथार्थमा शिक्षामा सबैको पंहूच नभएका कारण बालवालिकाहरु श्रमिक हुन वाध्य छन् । अविभावक, नागरिक समाज र रोजगारदातामा जनचेतना बढाउनुको साथै शिक्षामा सबैको पंहूच बढाउनुनै बालश्रम निवारणका लागि प्रभावकारी उपाय हो भन्ने हाम्रो धारणा छ ।" उल्लेख गर्नु भएको छ ।
साथै उहांले नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना कार्यक्रमहरु मार्फ रोजगारदाताहरु माझ वालश्रम निवारण सम्वन्धी जनचेतना बढाउने काम गर्दै आएको छ र यी कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालन गर्न प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नु हुदै भविष्यका कर्ण्र्ाार वालवालिकाहरुलाई वालश्रमिक होइन विद्यार्थी बनाऔं भन्ने कामना सहित बालश्रम विरूद्ध विश्व दिवस २००७ को सफलताको कामना गर्नु भएको छ ।