»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चिनियां प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट (२०६४/२/३०)


परराष्ट्र मन्त्री सहाना प्रधानसंग नेपाल-चीन गैर सरकारी सहयोग मञ्चको नवौं बैठक (9th Meeting of the Nepal-China Non-Governmental Cooperation Forum) मा भाग लिन अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry & Commerce) का उपाध्यक्ष झाङ्ग लङ्गझी (Zhang Longzhi) को नेतृत्वमा नेपाल आएको चिनियाँ औद्योगिक व्यवसायिक प्रतिनिधिमण्डलले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्‍यो ।

त्यसैगरी अर्थ मन्त्री रामशरण महतसंग अर्थ मन्त्रालयमा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोसंग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उक्त प्रतिनिधिमण्डलले छुट्टा छुट्टै भेट गर्‍यो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपाल-चीन गैर सरकारी सहयोग मञ्चका सहअध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा चिनीयाँ व्यवसायिक प्रतिनिधिमण्डलका सदस्यहरुका अतिरिक्त महासंघका द्वितीय उपाध्यक्ष एवं उक्त मञ्चका संयोजक कुशकुमार जोशी र महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपानेको उपस्थिति रहेको थियो ।

उपरोक्त भेटघाटमा उक्त प्रतिनिधिमण्डलले मञ्चका हालसम्मका र नवौं बैठकका उपलव्धि वारे अवगत गराउंदै मञ्चका निर्णयहरुलाई समयमै कार्यान्वयन गर्न दुवै देशका सरकारहरुबाट तत्परता देखाउनु पर्ने आवश्यकता औंल्याएको छ ।

त्यसैगरी नेउवामहासंघका अध्यक्ष एवं मञ्चका सहअध्यक्ष ढकालले दुवै देशका उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा मिलेर मञ्चलाई अझ प्रभावकारी बनाउने सहमति समेत उक्त बैठकमा भएको उल्लेख गर्नु हुंदै निजी क्षेत्रको यस सक्रियतामा दुवै मुलुकका सरकारहरुबाट समेत सकारात्मक रुपमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

परराष्ट्र मन्त्री सहाना प्रधान, अर्थ मन्त्री डा. रामशरण महत र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले उहाँहरुसंग भएको छुट्टा छुट्टै भेटका अवसरमा नेपालको अर्थतन्त्रको प्रबर्द्धन र दुई देश बीच आर्थिक सम्बन्ध विस्तारमा निजी क्षेत्रबाट भएको प्रयास प्रति सन्तोष व्यक्त गर्नु हुंदै नेपालमा लगानी तथा पर्यटन प्रबर्द्धन, द्विपक्षीय व्यापार लगायतको आर्थिक सम्बन्ध विस्तारमा नेपाल सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिनु भयो ।

कृपया फोटोको लागि यहाँ थिच्नु गर्नु होला

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.