»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















दीर्घकालित लाभका लागि समेत उत्पादकत्व तथा गुणस्तर प्रबर्द्धन अत्यन्त आवश्यक (२०६४/३/१)


नेपाल उद्योग वाणिज्य महासंघ-उत्पादकत्व तथा गुणस्तर समिति र गुणस्तर उत्पादकत्व तथा प्रतिस्पर्धा संजाल नेपाल (NQPCN) को संयुक्त आयोजनामा महासंघको सचिवालयमा आज आयोजित गुणस्तर बृद्धि गर्ने इच्छा-आकांक्षा, दुःख तथा आनन्द (Quality Crusade : Pains and Pleasures) बिषयक प्रवचन कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले एक आपसमा गुणस्तर व्यवस्थापन सम्बन्धी अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित यस कार्यक्रम उत्पादन तथा सेवाको क्षेत्रमा अत्यन्त उपयोगी हुने उल्लेख गर्नु हुंदै अन्तर्राष्ट्रिय बजारमा मात्र नभई स्वदेशी बजारमा समेत टिक्नको लागि कुनै पनि उत्पादन र सेवा स्तरीय हुनु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष ढकालले नेपालको सर्न्दभमा उपभोक्तामा गुणस्तर सम्बन्धी ज्ञानको सीमितता, व्यवसायिक व्यवस्थापनको अभाव, गुणस्तरीय व्यवस्थापन एवं उत्पादनबाट दीर्घकालिन रुपमा हुने आर्थिक तथा सामाजिक लाभ वारे जनचेतनाको कमि रहे तापनि हालका दशकमा आएर धेरै उद्योगहरुले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउन ध्यान दिंदै आएका र महासंघले यस्ता कार्यमा चेतना जगाउनुका साथै प्रोत्साहित गर्दै आएको बताउनु भयो ।

महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति बिजय बहादुर श्रेष्ठले नेपालमा गुणस्तर सम्बन्धी अभियान सञ्चालन गर्नमा महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको र यसबाट उत्पादनमूलक तथा सेवामूलक उद्योग प्रतिष्ठान लाभान्वित भएको बताउनु हुंदै गुणस्तरीय उत्पादनलाई प्रोत्साहित गर्न महासंघले "नेउवामहासंघ उत्कृष्ट पुरस्कार"को व्यवस्था समेत गरेको जानकारी दिनु भयो ।

भारतको टिक्यूएम इन्टरनेशनल प्रा.लि. का अध्यक्ष जनक मेहता (Janak Mehata) ले गुणस्तर व्यवस्थापन सम्बन्धमा प्रवचन दिनु भएको उक्त कार्यक्रममा गुणस्तर उत्पादकत्व तथा प्रतिस्पर्धा संजाल नेपाल (NQPCN) का अध्यक्ष प्राध्यापक दिनेश प्रसाद चापागाईले उक्त कार्यक्रम वारे प्रकाश पार्नु भएको थियो भने उक्त समितिका सहसभापति दिलिप अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.