»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















स्वदेशी वस्तुको उपभोगमा जागरण ल्याउन पोष्टरिङ्ग कार्यक्रम (२०६४/३/१४)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रवर्द्घित नेपाल युवा उद्यमी मञ्च (NYEF) ले विगत दुई/तीन वर्षदेखि युवा उद्यमशीलताको प्रवर्द्घनका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विशेष गरि युवा वर्गलाई देशभित्रै विभिन्न अवसरको श्रृजना गर्ने परियोजना तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

विभिन्न कार्यक्रमहरु मध्ये मञ्चले नेपाली उपभोक्तामा नेपाली वस्तु तथा सेवाहरुलाई उपेक्षा गर्ने प्रवृत्तिलाई न्यून गर्ने उद्देश्यले "मेड इन नेपाल" (Made in Nepal) अभियान समेत संचालन गर्दै आएको छ । नेपाली वस्तु तथा सेवाहरुको खपत र प्रयोगले नेपाली उद्योग तथा सेवा प्रदायकको बस्तु तथा सेवाको स्तर अभिवृद्घि हुनुका साथै राष्ट्रिय अर्थतन्त्रको उन्नतिमा पनि टेवा पुग्ने विश्वास मञ्चले लिएको छ ।

"मेड इन नेपाल" (Made in Nepal) अभियान अर्न्तर्गत २०६३ साल भाद्र २० देखि २६ गतेसम्म "हाम्रै प्रदर्शनी" (Made in Nepal) आयोजना गरिएको थियो । यस किसिमको प्रदर्शनी आगामी दिनमा पनि गरिने छ ।

अभियानको दोश्रो चरणको कार्यक्रम अर्न्तर्गत उपभोक्ता माझ मञ्चको अपिलको व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले जेष्ठ ५ गते काठमाडौंमा पोष्टरिङ्ग "Postering" कार्यक्रमको शुभारम्भ भइसकेको छ। यस कार्यक्रमलाई अधिराज्यका विभिन्न शहरमा विस्तार गर्ने क्रममा भोलि आषाढ १५ गते पोखरामा युवा उद्यमी समाज नेपाल युवा उद्यमी मञ्च पोखरा (YES-NYEF Pokhara Chapter) को आयोजनामा "Postering" कार्यक्रमको शुभारम्भ गरिने कार्यक्रम छ । यस कार्यक्रमबाट नेपाली उपभोक्ता माझ नेपाली वस्तु तथा सेवा प्रति सद्भाव विकास हुने र यस अभियानको विषयमा सूचित हुने अपेक्षा गरिएको छ ।

"Made in Nepal" अभियानको उद्देश्य नेपालमा मात्र सिमित नभई विश्वमा नेपाली वस्तुको पहिचान स्थापित गर्ने रहेको छ । यस अभियानमा सहयोग पुर्‍याई दिन हुन नेपाल युवा उद्यमी मञ्च समस्त नेपाली मित्रहरु माझ अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.