नेपाल उद्योग वाणिज्य महासंघ र महासंघका अध्यक्ष चण्डिराज ढकाल समेतलाई विपक्षि बनाई उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट मञ्चका महासचिव अधिवक्ता ज्योति बानिया र कार्यसमितिको तर्फबाट रामचन्द्र सिंखडाले दायर गर्नु भएको निषेधाज्ञा र अदालतको अपहेलना सम्बन्धी निवेदनलाई निवेदन मागदावी पुग्न नसक्ने भनि पुनरावेदन अदालत पाटनले खारेज गरेको छ ।
सो अदालतका माननीय न्यायाधीश द्वय केशरी राज पण्डित र हरि बहादुर बस्नेतको संयुक्त इजलासले हिजो उक्त निर्णय गरेको हो ।
निवेदकहरुले उक्त निवेदन गत असोज २९ गते दायर गरेको निषेधाज्ञा मुद्दामा सम्मानित उक्त अदालतबाट जारी भएको अन्तरिम आदेश विपरित हुने गरी महासंघले पूर्व घोषित बन्द कार्यक्रम सम्पन्न गरेको भन्ने विषयलाई लिएर दायर गरेका थिए ।