»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका भूतपूर्व उपाध्यक्ष गोल्छाको निधनमा शोक प्रस्ताव पारित (२०६४/३/१७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा आज महासंघको सचिवालयमा आयोजित शोक सभाले महासंघ स्थापनाकालको एडहक कमिटीका सदस्य एवं भूतपूर्व उपाध्यक्ष नेपालका प्रतिष्ठित एवं वरिष्ठ उद्योगपति तथा समाजसेवी हुलासचन्द गोल्छाको ७३ वर्षको उमेरमा गत शुक्रवार (असार १५ गते) असामयिक निधन भएकोमा महासंघ परिवार लगायत नेपालको तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको उल्लेख गर्दै यस दुःखद् घडिमा गहिरो दुःख व्यक्त गर्नुका साथै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रले एक होनाहार उद्योगी व्यवसायी गुमाउनु परेको समेत उक्त प्रस्तावमा उल्लेख छ ।

सो सभाले स्वर्गिय गोल्छाका शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गिय आत्माको चीर शान्तिको कामना सहित स्वर्गिय गोल्छा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गर्‍यो ।

उक्त सभाले स्वर्गिय गोल्छाले महासंघलाई पुर्याउनु भएको योगदानको निरन्तर कदर र सम्मान सहित सम्भिmरहने उल्लेख गरेको छ ।

महासंघ स्थापना कालको एडहक कमिटीका सदस्य समेत गोल्छा वि.सं. २०३३ देखि २०३८ सम्म उपाध्यक्ष र वि.सं. २०४१ देखि २०४७ सम्म रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष हुनु हुन्थ्यो । महासंघ स्थापना काल अर्थात २०२२ साल देखिनै पटक पटक गरी २३ वर्षम्म महासंघको कार्यकारिणी समिति सदस्य लगायत विभिन्न ओहदामा रहेर उहांले महासंघ एवं सदस्य संघ/संस्थाहरुको संस्थागत विकास एवं सुदृढिकरणका साथै महासंघलाई आजको स्थितिमा पुर्‍याउन उल्लेखनीय योगदान पुर्‍याउनु भएको थियो ।

स्वर्गिय गोल्छाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा महासंघको भूमिकालाई स्थापित गर्न र नेपालको रोजगारदाता संगठन समेतका रुपमा महासंघलाई सक्षम बनाउन खेल्नु भएको भूमिकालाई निजी क्षेत्रले उच्च मूल्याङ्कन गरेको छ र उहांको निधनबाट महासंघ लगायत निजी क्षेत्रलाई अपूरणीय क्षति पुग्न गएको छ ।

स्वर्गिय गोल्छाले साना तथा मझौला उद्यमहरुको विश्व संगठन (WASME) का संस्थापक एवं अन्तर्राष्ट्रिय अध्यक्ष, सार्क चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष एवं महासंघका कतिपय सदस्य संघहरुका अध्यक्ष एवं पदाधिकारी भई निजी क्षेत्रको संगठनात्मक सुदृढिकरण एवं यस क्षेत्रलाई संगठनात्मक रुपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।

औद्योगिक व्यापारिक तथा कल्याणकारी प्रतिष्ठानहरुको रुपमा चिर परिचित संगठन गोल्छा अर्गनाइजेशनका अध्यक्ष समेत रहनु भएका स्वर्गिय गोल्छाको सो संगठनलाई आजको स्थितिमा पुर्‍याउन अतुलनीय योगदान रहेको छ । कृषिलाई व्यवसायिकरण तर्फलानुका साथै मुलुकलाई परम्परागत कृषि प्रणालीबाट औद्योगिकरण तर्फअग्रसर गराई आर्थिक तथा रोजगारी प्रवर्द्धनमा उहांको प्रसंशनीय योगदान रहि आएको छ ।

उद्योग वाणिज्य व्यवसायको क्षेत्रमा मात्र नभई शिक्षा, स्वास्थ्य, यातायात, निर्माण, धर्म, संस्कृति, कला, साहित्य आदि क्षेत्रको विकास विस्तारमा समेत उहांले वहुमूल्य योगदान पुर्‍याउनु भएको थियो ।

नेपालका लागि गणतन्त्र पोलैण्डका अवैतनिक महावाणिज्यदूत समेत रहनु भएका स्वर्गिय गोल्छा एक अग्रणी उद्योगी व्यवसायी मात्र नभई इमान्दार, विवेकसिल, सिर्जनशील, कर्तव्यनिष्ट र स्पष्ट वक्ता हुनु हुन्थ्यो ।

उक्त सभामा महासंघका पदाधिकारीहरु, भूतपूर्व अध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, सदस्य संघ/संस्थाका प्रतिनिधिहरु एवं महासंघका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.