नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल एवं अन्य पदाधिकारीहरु र गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र प्रसाद कंडेलको नेतृत्वमा आएको सो संघका पदाधिकारी, सदस्यहरु तथा वर्दिया जिल्लाका आठै राजनीतिक दल, स्थानीय निकाय एवं नागरिक समाजका प्रतिनिधिहरु सम्मिलित २२ सदस्यीय प्रतिनिधिमण्डल बीच हिजो महासंघको सचिवालयमा आयोजित भेटघाट एवं छलफलका उक्त प्रतिनिधिमण्डलले हरेक दृष्टिकोणबाट कतर्निया घाटको भन्सार नाका मुर्तिहामा स्थानान्तरण गर्नु वा गुलरिया नगरपालिका रत्नापुर स्थित नेपाल-भारत सिमानाको रजनवाबाट भन्सार नाका खोल्नु अति आवश्यक भएकोले यसका साथै वर्दिया जिल्लाको भुरिगाउंबाट तेलपानी जोड्ने सडक र्सर्वे भई सकेकोले निर्माण एवं गेरुवा नदीमा स्थायी पुल श्रि्र निर्माण हुनु पर्नेमा जोड दिएको छ ।
तत्कालित समयमा राप्ती, भेरी, कर्णााली, सेती र महाकाली अञ्चलका विभिन्न बजारसम्म र ती बजारबाट भारतसम्म निकासी पैठारी गतिविधि सञ्चालन गर्नका लागि राजापुरमा मूल भन्सार कार्यालय राखिएको थियो । तर पूव-पश्चिम महेन्द्र राजमार्गको निर्माणले यातायात सुविधाका कारण धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत अन्य भन्सारबाट सामान निर्यात गर्दा न्यून लागत पर्ने र कतर्नियाघाटमा रहेको रेल्वे स्टेशन विधियामा र कष्टम अफिस मिहीपुरुवमा र्सार्न एवं कर्णाली नदीमा पुल नभएका कारण राजापुर बजारको कारोवार धरासायी भई त्यस क्षेत्रका धेरै जसो व्यापारीहरु सदरमुकाम गुलरिया तथा अन्य क्षेत्रमा पलायन भई सकेकोले राजापुरमा व्यापारिक गतिविधि एवं आर्थिक कारोवार शुन्य भई भन्सार राजश्व संकलन दर घट्दै गएकोले त्यसको उपयुक्त विकल्प खोज्न नितान्त आवश्यक भएकोमा वर्दियाका आठ राजनीतिक दल, नागरिक समाज र समस्त वर्दियावासीले महसूस गरेको पनि सो अवसरमा उक्त प्रतिनिधिमण्डलले प्रकाश पारेको थियो ।
साथै भारत सरकारद्वारा कतर्नियाघाटमा स्थापित ल्याण्ड कष्टम स्टेशन, पूर्ण रुपमा निस्कृय भई रहेको अवस्थामा उक्त भन्सारको समस्या समाधानका लागि विगत २०५९ सालदेखि स्थानीय जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, भन्सार कार्यालय एवं जिल्ला विकास परिषद् समेतले सरकारसंग आग्रह गर्दा पनि समाधान हुन नसकेकोमा उक्त प्रतिनिधिमण्डलले चिन्ता व्यक्त गर्यो ।
सो अवसरमा भएको छलफलमा द्वन्दको बेला क्षत्रि्रस्त हुन पुगेको राजापुर स्थित सबै भन्दा ठूलो र आधुनिक चामल कारखाना शीघ्र पुननिर्माण गरी सञ्चालन गर्न सरकारले सहयोग गर्नु पर्ने, बर्दिया राष्ट्रिय निकुञ्ज स्थित होटल लगायतको पर्यटन उद्योगहरु पुनः संचालनको वातावरण बनाउनु पर्ने, पर्यटन, कागज, चिनी, जडिबूटी एवं कृषिजन्य उद्योग, जलविद्युत तथा जलयात्राको प्रशस्त सम्भावना रहेको त्यस क्षेत्रमा अनुकूल औद्योगिक वातावरण लगायत शान्ति सुरक्षाको प्रत्याभूति सहित लगानीको लागि पहल गर्नु पर्नेमा पनि प्रतिनिधिमण्डलका सदस्यहरुले जोड दिनु भयो ।
महासंघका अध्यक्ष ढकालले सो अवसरमा महासंघले सो जिल्लाको समस्या समाधानका साथै सम्भाव्यतालाई अवसरमा परिणत गर्न सक्दो पहल गर्ने उल्लेख गर्नु हुंदै नेपाली जनतामा रोजगारी अभिबृद्धिका साथै क्रय शक्ति बृद्धि, आर्थिक एवं सामाजिक समृद्धि, शान्ति सुरक्षा र उद्योग व्यवसाय लगायतका आर्थिक क्रियाकलापको विकास विस्तार मार्फत राष्ट्रिय समृद्धि नयाँ नेपालको महत्वपूर्ण खाका भएकोले यस तर्फ महासंघ लागि परेको उल्लेख गर्नु भयो ।
साथै उहांले जिल्लामा सम्भाव्य विकास निर्माणलाई अघि बढाउनको लागि स्थानीय निकाय, राजनीतिक दलहरु एवं नागरिक समाजसंग छलफल गरी र्सार्वजनिक-निजी साझेदारीको आधारमा कार्य गर्न आग्रह गर्नु हुंदै लगानी आकषिर्त गर्नका लागि समेत यसरीनै संयुक्त पहल गरी अनुकूल वातावरण तयार गर्नु पर्नेमा जोड दिनु भयो ।
महासंघका द्वितीय उपाध्यक्ष्ँ कुशकुमार जोशीले आर्थिक विकास विना सामाजिक विकास हुन नसक्ने हुंदा जिल्लामा सम्भावित उद्योग व्यवसायको विकासका लागि आठै राजनीतिक दल र उद्योग वाणिज्य संघ बसेर खाका तयार गरी लगानीको वातावरण बनाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
महासंघका तृतीय उपाध्यक्ष्ँ आजाद श्रेष्ठले स्थानीय निकाय पदाधकारी विहिन भएको अवस्थामा आठै राजनीतिक दल र नागरिक समाज समेतको सहभागितामा विकास निर्माण कार्य अघि बढाउनु पर्ने र समस्या समाधान गरिनु अत्यन्त उपयुक्त भएको बताउनु भयो ।
महासंघको समिति सभापति डि.बी. बस्नेत, दिनेश श्रेष्ठ, किशोर प्रधान, कुमुद दुगड, लोक विक्रम थापा र प्रदिपजंग पाण्डे समेतको सहभागिता रहेको उक्त कार्यक्रममा उहांहरुले मध्य पश्चिम र सुदूरपश्चिमाञ्चलको विकासका लागि प्याकेज कार्यक्रम ल्याउनु पर्ने, त्यस क्षेत्रमा रहेको पर्यटन र कृषिजन्य उद्योगको प्रचुर सम्भावनालाई उपयोगमा ल्याउनु पर्ने र यसका लागि र्सार्वजनिक-निजी साझेदारीको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने एवं बन्द हडताल जस्ता गतिविधि सदाका लागि अन्त गर्नु पर्नेमा जोड दिनु भयो ।