»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल-क्रोएशिया बीच आर्थिक सम्बन्ध विस्तारमा जोड (२०६४/३/२१)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल एवं अन्य पदाधिकारीहरु र नेपालका लागि गणतन्त्र क्रोएशियाका राजदुत डिनो डिवेलजुह (Dino Debeljuh, Ambassador of Croatia) बीच हिजो महासंघ सचिवालयमा भएको भेटमा दुइ देश बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा बिचार विमर्श भयो ।

सो अवसरमा राजदुत डिवेलजुहको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष ढकालले मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रको संघिय संस्था महासंघले प्रभावकारी भूमिका खेल्दै आएको र आर्थिक सामाजिक रुपमा नेपाल अहिले निकै पछाडी रहेकाले आर्थिक विकासमा क्रोएशियाको अनुभव निकै महत्वपर्ूण्ा हुने बताउनु भयो । साथै उहांले नेपालमा लगानीका संभावना प्रचुरमात्रामा रहेकाले क्रोएशियाली लगानी भित्र्याउने कार्यमा कुटनीतिक तहबाट सक्दो सहयोगको अपेक्षा पनि गर्नु भयो ।

महासंघका उपाध्यक्षहरु कुशकुमार जोशी, आजाद श्रेष्ठ र रविन्द्र श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु रोहिणी थपलिया, प्रदिपजंग पाण्डे, वि.के. श्रेष्ठ र प्रतिष्ठित तयारी पोशाक उद्यमी पुष्करदेव पन्तको उपस्थिति रहेको सो भेटका अवसरमा महासंघका तर्फाट नेपालमा क्रोएशियाली राजदुतावास नभएकोले आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, सूचना आदान प्रदानका लागि नेपालमा सर्म्पर्क सचिवालयको व्यवस्था हुन सकेमा आपसी हितका विषयमा थुप्रै कार्यहरु गर्न सकिने सुझाव दिइएको थियो ।

नेपालबाट चिया, कफी, पश्मिना, ऊलन कार्पेट्स, हस्तकलाका सामानहरु क्रोएशियामा निर्यातको प्रसस्त संभावना रहेको र नेपालमा क्रोएशियाबाट खाद्य तेल (Olive Oil) पेय पदार्थ र अन्य प्रशोधित खाद्य पदार्थहरुको आयातको संभावना रहेको तर्फपनि उक्त अवसरमा छलफल भएको थियो ।

सो अवसरमा राजदुत डिनो डिवेलजुहले क्रोएशियामा प्रतिवर्षकरिव एक करोड विदेशी पर्यटकहरुले भ्रमण गर्दै आएकाले नेपाली वस्तुहरुको क्रोएशियामा राम्रो बजार हुन सक्ने संकेत गर्दै यसका लागि महासंघ जस्ता संस्थाले पहल गर्न जोड दिनु भयो । साथै राजदुतले नेपालमा क्रोएशियाली लगानी तथा प्रविधि भित्र्याउने तथा पर्यटन पर््रवर्द्धनमा समेत आफू र दुतावासको तर्फाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

छिमेकी राष्ट्र भारतमा प्रत्येक वर्षकरिव एक हजार क्रोएशियाली पर्यटकहरुले भ्रमण गर्ने हुंदा नेपाल पनि उनीहरुका लागि अर्को गन्तव्य हुन सक्ने भएकाले त्यहां आउने पर्यटकहरुलाई नेपाल भित्र्याउन नेपाली ट्राभल एजेन्सीहरुले भारत तथा क्रोएशियाली ट्राभल एजेन्सीहरुसंग सर्म्पर्क विस्तार गर्न पनि उहांले सुझाव दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.