प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाबाट प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष२०६४/६५ को नीति तथा कार्यक्रम प्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षा भएको छ ।
राष्ट्रिय सवालका महत्वपर्ूण्ा बुंदाहरुलाई समायोजन गरेर आठ राजनैतिक दलबाट प्रतिवद्धता जाहेर भएको प्रस्तुत नीति तथा कार्यक्रम मुलुककै इतिहासमा एउटा सवल उदाहरण हो । आगामी मंसीरमा संविधान सभाको चुनाव गर्ने प्रतिवद्धताका साथ प्रस्तुत यस नीति तथा कार्यक्रमले सम्पर्ूण्ा नेपालीलाई "आउंदा दिनहरु साच्चै नै सुनौला हुने छन्" भन्ने आभास मिलेको छ । नेपाल सरकार मुलुकमा राजनीतिक स्थायित्वका साथ साथै आर्थिक क्षेत्रलाई अघि बढाउन अग्रसर भएको छ भन्ने हामीले महसूस गरेका छौं । नीतिमा देशको आर्थिक र सामाजिक रुपान्तरण गर्न साझा राष्ट्रिय अवधारणापत्र तयार गरी कार्यान्वयन गर्ने लगायत निजी क्षेत्रको भूमिकालाई प्रोत्साहित गर्नुका साथै नेपाललाई लगानी मैत्री स्थलको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता जाहेर भएकोमा महासंघ सराहना व्यक्त गर्दछ । साथै उद्योग व्यवसाय क्ष्ँेत्रलाई परिलक्षित गरी विदेशी लगानी नीति, औद्योगिक नीति तथा वाणिज्य नीतिमा सम-सामयिक सुधार, पर्यटन पर््रवर्द्धन, निकासी व्यापारलाई आर्थिक वृद्धिको आधार स्तब्धको रुपमा विकास गर्न नीतिगत व्यवस्था गर्ने, विशेष आर्थिक क्षेत्र, लघु उद्यम नीति र औद्योगिक सुरक्षाबल गठन, कृषि क्ष्ँेत्रको व्यवसायिकरण, गैर आवासीय नेपालीको राष्ट्र निर्माणमा उपयोग, र्सार्वजनिक-निजी साझेदारीको अवधारणा, राजमार्गमा अवरोध हुन नदिन कानूनी व्यवस्था, व्यवसायिक तालीम जस्ता निजी क्षेत्रका मागहरुलाई सम्बोधन गरिएकोमा नेपाल सरकार प्रति आभार व्यक्त गर्न चाहान्छौ ।
यद्यपि विश्वव्यापिकरण एवं क्षेत्रीय स्वतन्त्र व्यापार व्यवस्थाको पर्रि्रेक्ष्यमा नेपाली उत्पादन र सेवाको प्रतिस्पर्धि क्षमता वृद्धि गर्दै लानु पर्ने अति आवश्यक भएकोमा उत्पादनको प्रमुख साधन श्रमसंग सम्बन्धित नीतिका साथै रुग्ण उद्योगको पुनरुत्थान बारे उक्त नीति तथा कार्यक्रममा स्पष्ट धारणा नआएकोमा महासंघ अचम्भित भएको छ । त्यसैले आगामी दिनमा प्रस्तुत हुने बजेट तथा कार्यक्रममा यस सम्बन्धमा नेपाल सरकारको ध्यान जाओस् भन्ने हाम्रो जोडदार आग्रह छ । समग्र रुपमा नीति तथा कार्यक्रम राम्रो भएतापनि यसको कार्यान्वयन पक्ष सवल हुनुको साथै कार्यान्वयनमा प्रतिवद्धता हुनु पर्ने कुरामा जोड दिदैं महासंघ यसका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।