त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको समस्या समाधानका लागि जोडदार आग्रह (२०६४/४/२)
नेपाल सरकारबाट हालै संसदमा पेश भएको आर्थिक विधेयक २०६४ को अनुसूची १ को दफा ७ को उपदफा २३ अनुसार हवाई मार्गबाट व्यापारिक रुपमा पैठारी गरिने माल बस्तुहरुको भन्सार कार्यालयमा मूल्य घोषणा गर्दा पैठारीकर्ताले मूल्य, भाडा तथा बीमा रकम छुट्टा छुट्टै घोषणा गर्नु पर्ने व्यवस्थाको कारण देशको एउटा प्रमुख भन्सार नाकाको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गत असार २९ गते देखिनै मालसामान छुटाउन कठिनाई भई रहेको तर्फ नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी मालसामान नछुटेको कारण राजस्वमा प्रत्यक्ष असर पर्नुको साथै व्यापार व्यवसायमा पनि नराम्रो असर पर्न सक्ने भएकोले व्यवहारिक पक्षलाई मध्यनजर राखी यथाशीघ्र सो समस्या समाधान गर्न महासंघ नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछ ।