»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता डा. भट्टराई र निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्था बीच अन्तरक्रिया कार्यक्रम (२०६४/४/२)


नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता डा. बाबुराम भट्टराई र निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्था बीच आज बिहान काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघ समेतको सकृयतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चिनी उद्योग संघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल यूरोपीयन यूनियन उद्योग वाणिज्य संघ, नेपाल बैंकर्स संघ, नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल फ्रेट फरवार्र्डर्स एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, नेपाल मारवाडी परिषद्, प्याब्सन लगायतका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता थियो ।

मुलुकको विद्यमान शान्ति सुरक्षाको स्थिति, उद्योग व्यवसाय संचालनको वातावरण एवं वस्तुस्थिति र उद्योगी व्यवसायीहरु माथि हुने विभिन्न कृयाकलाप समेतको समीक्षा र समस्या समाधानको लागि सुझाव दिने उद्देश्यले आयोजित उक्त अन्तरक्रियामा उपस्थित विभिन्न ओद्योगिक व्यवसायिक संघ/संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरुले आ-आफ्नो सुझाव व्यक्त गर्नु भएको थियो ।

अन्तरक्रियामा व्यक्त निजी क्षेत्रको बिचार एवं अवधारणा पछि नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले शान्ति प्रकृयामा प्रवेश गरेपछि नेकपा (माओवादी) ले निजी क्षेत्रसंग समय समयमा गर्ने अन्तरक्रिया कार्यक्रमले नयां नेपालको खाका तयार गर्न थप बल मिलेको र निजी क्षेत्रको रणनीतिक महत्वलाई नजिकबाट बुझ्न अझ सजिलो भएको बिचार व्यक्त गर्नु भयो ।

उहांले भन्नु भयो- हामी राजनीतिक प्रतिस्पर्धामा आएका छौं र यसै पृष्टभूमिमा आर्थिक क्षेत्रलाई पनि प्रतिस्पर्धि बनाउन र प्रतिस्पर्धाको अवसर दिन हामी चाहान्छौं, तर वर्तमान सरकारको नेतृत्व र सात राजनीतिक दलहरुले जनआन्दोलनको मर्मलाई नबुझेको र उनीहरु अझै पनि सामन्तवादी सोच र पूरा नै मानसिकताबाट ग्रसित हुन पुगेका कारण अझै राजनीतिक छिनोफानो हुन तथा आर्थिक क्षेत्रले निश्चित दिशा समात्न सकेको छैन ।

सो अवसरमा नेकपा -माओवादी)का वरिष्ट नेता डा. बाबुराम भट्टर्राईले निजी क्षेत्रसंगको यस प्रकारको छलफल ठीक दिशातर्फउन्मुख भएको बिचार व्यक्त गर्नु हुंदै निजी क्षेत्रका उचित सुझावलाई कार्यान्वयन गर्न आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।

सरकारी-निजी साझेदारीको नीति नै अहिलेको वस्तुस्थितिमा उपयुक्त भएकाले यसको ठोस रुप कस्तो हुने भन्ने सम्बन्धमा छलफल गरि निक्र्यौल गर्न नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षतामा एउटा कार्यदल बनाई अघि बढ्ने प्रस्ताव समेत उहांले राख्नु भयो ।

कार्यक्रमको प्रारम्भमा अध्यक्ष प्रचण्ड एवं डा. भट्टर्राई लगायत उपस्थित सबैको स्वागत गर्नु हुंदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले देशमा शान्ति सुरक्षा कायम तथा उद्योग व्यवसायको सुसन्चालनको लागि निजी क्षेत्रले समय समयमा व्यक्त अवधारणा एवं सुझावहरुको कार्यान्वयनमा नेकपा (माओवादी)को तर्फबाट गम्भिर रुपमा लिई समस्या समाधानको लागि आवश्यक पहल गर्न र वस्तुस्थिति बारे थप जानकारी लिन यस प्रकारको अन्तरक्रिया उपयोगी हुने बिचार व्यक्त गर्नु भयो ।

साथै अध्यक्ष ढकालले राजधानी लगायत देशका विभिन्न भागमा देखा परेका अशान्ति र जनताको जीउधनको असुरक्षा, तराईको आन्दोलन तथा दैनिक जसो विभिन्न समूह र क्षेत्रबाट हुने गरेका बन्द, हडताल, चक्का जाम जस्ता गतिविधिका साथै उद्योग प्रतिष्ठानले धान्नै नसक्ने माग राखिनु जस्ता कारणले उद्योग व्यवसाय लगायतका आर्थिक क्रियाकलापले गति लिन नसक्नुका साथै झन धरासायी, बन्द र विस्थापित हुदै गई रोजागारी, राजश्व लगायत आर्थिक सामाजिक जनजीवनमै नकारात्मक प्रभाव पर्दै गएकोले यस्ता समस्या समाधानमा समेत जोडदार पहल हुन नेकपा (माओवादी)का शीर्षस्थ नेताहरुलाई आग्रह गर्नु भयो ।

यसैगरी उहांले विगतमा सरकार/सात दल र नेकपा (माओवादी) बीच भएको सहमतिलाई कार्यान्वयन गर्दै देशको सामाजिक आर्थिक रुपान्तरणलाई प्रभावकारी बनाउन निरन्तर सम्वाद र अन्तरक्रिया उपयोगी हुने धारणा व्यक्त गर्नु हुंदै आर्थिक क्षेत्रका एजेण्डालाई प्राथमिकता नदिई नयां नेपाल निर्माण सम्भव नहुने हुंदा नयां नेपाल निर्माणको क्रमलाई अघि बढाउनु पर्ने र यसका लागि सरकार एवं निजी क्षेत्रको संयुक्त पहल हुनु पर्नेमा जोड दिनु भयो ।

महासंघका भूतपूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठ, भूतपूर्व अध्यक्ष एवं विशिष्ट सदस्य रविभक्त श्रेष्ठ, तृतीय उपाध्यक्ष आजाद श्रेष्ठ लगायत समिति सभापतिहरु एवं परिषद् संयोजक, महासंघका सदस्य संघ, नेपाल उद्योग परिसंघ तथा प्याब्सनका पदाधिकारीहरुले पनि सो अवसरमा आ-आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद कुमार चौधरीले यस प्रकारको अन्तरक्रियाले नेकपा (माओवादी) र निजी क्षेत्र बीच समझदारी बढ्न जाने र यसबाट निजी क्षेत्रका समस्या समाधानमा उक्त पार्टिबाट ठोस पहल हुने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले शान्ति सुरक्षाको स्थिति, तर्राईको आन्दोलन र काठमाडौंको फोहरमैला व्यवस्थापन समस्यालाई गम्भिर रुपमा लिई शिघ्र समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल फ्रेड फरवार्र्डर्स एशोसिएशनका अध्यक्ष नामग्याल लामाले सो अवसरमा ठमेल क्षेत्रमा देखा पर्ने विकृति हटाई समस्या समाधानका साथै पर्यटकीय वातावरण निर्माणमा सहयोगका लागि पहल हुन आग्रह गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.