»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भंसार कार्यालयबाट आंशिक रुपमा मालसामान छुटाउने कार्य प्रारम्भ (२०६४/४/११)


हवाई मार्गबाट पैठारी गरिएका व्यापारिक मालवस्तुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भंसार कार्यालयबाट छुटाउने कार्य गत असार २९ गतेदेखि बन्द भएकोमा स्वास्थ्य सम्बन्धी उपकरण लगायत औषधि र निकासीजन्य उद्योगलाई प्रभावित पार्ने कच्चा एवं सहायक कच्चा पदार्थ जस्ता सामाग्रीहरु आजदेखि मात्र छुटाउन शुरु गरिएको छ ।

नेपाल सरकारबाट हालै संसदमा पेश भएको आर्थिक विधेयक २०६४ मा भएको व्यवस्था अनुसार हवाई मार्गबाट पैठारी गरिने व्यापारिक माल वस्तुहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भंसार कार्यालयमा मूल्य घोषणा गर्दा पैठारीकर्ताले मूल्य, भाडा तथा बीमा रकम छुट्टा छुट्टै घोषणा गर्नु पर्ने प्रावधान रहेको हुंदा यस प्रकारको अव्यवहारिक व्यवस्थाका कारण मालसामान छुटाउने कार्य बन्द भएको थियो ।

यसैबीच अर्थ मन्त्री डा. रामशरण महत समक्ष नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छाको नेतृत्वमा हिजो गएको सम्बन्धित उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलद्वारा प्रस्तुत सुझाव माथि भएको विस्तृत छलफल पश्चात मन्त्री डा. महतले सो सुझावलाई सकारात्मक रुपमा लिई यही श्रावण १५ गतेसम्ममा समस्या समाधान गर्ने आश्वासन दिनु भए पश्चात सीमित सामानहरु मात्र छुटाउन शुरु गरिएको हो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.