विगत केही दिनदेखिको अविरल वर्षा कारण आएको बाढी पहिरोबाट देशका विभिन्न भाग विशेषतः तर्राईका अधिकांश जिल्ला पर्ूण्ा रुपमा प्रभावित भई ठूलो जनधनको क्षति हुनुको साथै हजारौं परिवारका लाखौं जनता विस्थापित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षा भएको छ । यस दुःखद घटनाबाट मृत्यु भएका व्यक्तिहरुको आत्माको चीर शान्तिको कामना गर्दै निजहरुको शोक शन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै सो प्राकृतिक प्रकोपबाट प्रभावित सवै प्रति महासंघ गहिरो दुःख व्यक्त गर्दछ ।
यस प्रकारको प्राकृतिक विपत्तिबाट पीडित हुन पुगेकाहरुको सहयोगार्थ महासंघले राहत कार्यक्रमको व्यवस्था गरेकोले यसका लागि सम्पर्ूण्ा सदस्य संघ/संस्था एवं उद्योगी व्यवसायीहरुलाई आ-आफ्नो तर्फाट पुर्याउन सकिने नगद तथा अन्य राहत सामग्रीहरु सहयोग पुर्याउनु हुन समेत महासंघ हार्दिक आग्रह गर्दछ ।
सो प्रयोजनको लागि नगद सहयोग गर्नु हुनेले महासंघलाई जानकारी गराउनु हुन र अन्य राहत सागम्री सहयोग गर्नु हुनेले सिधैं महासंघको सचिवालयमा सर्म्पर्क राखी बुझाउन सकिने व्यवस्था समेत महासंघले मिलाएको छ ।
साथै आ-आफ्नो जिल्लामा दैबी प्रकोपमा परेकाहरुको उद्धारका लागि सम्बन्धित जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले आपसी समन्वय गरि राहत कार्यलाई अघि बढाउन पनि महासंघ हार्दिक आव्हान गर्दछ ।