»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सुदुरपश्चिमाञ्चलको विकासका लागि सरकारले गम्भिर रुपमा ध्यान दिनु पर्नेमा जोड (२०६४/४/१६)


कृषि तथा वनजन्य उद्योग व्यवसाय लगायतका औद्योगिक व्यापारिक एवं पर्यटकीय विकासको प्रशस्त संभावना भएर पनि अत्यन्त पछाडि परेको सुदुरपश्चिमाञ्चल क्षेत्रको विकासका लागि गम्भिर ध्यान दिई टनकपुर-महेन्द्रनगर लिङ्करोड तथा ढैजी-जोगबुढा सडक शीघ्र निर्माण गर्नु पर्ने, कञ्चनपुरमा संभाव्यताको आधारमा विशेष आर्थिक क्षेत्र वा व्यवस्थित रुपमा औद्योगिक क्षेत्र स्थापना गरिनु पर्ने र अन्य आर्थिक एवं पर्यटकीय पूर्वाधारहरुको विकास गर्नुपर्ने, कृषिको विकास एवं व्यवसायिकरणमा प्रभावकारी सहयोग हुनुपर्ने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तथा औद्योगिक व्यवसायीक क्षेत्रका समस्या समाधानमा सरकारले सकृयता अपनाउनु पर्नेमा जोड दिइएको छ ।

उद्योग वाणिज्य क्षेत्रमा देखा परेका चुनौतिसंगै उद्योग वाणिज्य संघको संस्थागत विकास एवं सृदृढिकरणको क्रममा देशका विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज पाण्डेयको नेतृत्वमा आएको सो संघको २५ सदस्यीय प्रतिनिधिमण्डलद्वारा सो कुरामा जोड दिइएको हो ।

महासंघका अध्यक्ष चण्डिराज ढकालले उक्त प्रतिनिधिमण्डलसंगको वैठकलाई संबोधन गर्नु हुदै महासंघले सदस्य संघहरुलाई विश्वव्यापीकरणको सर्न्दर्भमा समेत सक्षम र सशक्त बनाई उद्योग वाणिज्य क्षेत्रमा मात्र नभई आर्थिक सामाजिक क्षेत्रमै प्रभावकारी तथा जिम्मेवार संस्थाको रुपमा विकास गर्न महासंघले अध्ययन-अवलोकन भ्रमणका लागि प्रोत्साहित गर्दै आएको उल्लेख गर्नु भयो ।

साथै उहांले भ्रमणबाट जिल्लामा कृषि तथा सेवा व्यवसाय लगायत आ आफ्नो उत्पादन पर््रवर्द्धनमा महत्वपूर्ण अवसर मिल्ले र एक आपसमा मिलेर अघि बढ्न प्रोत्साहन प्राप्त हुने उल्लेख गर्नु हुदै महासंघद्वारा अघि बढाइएका एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्र, महिला सशक्तिकरण, घरेलु तथा साना उद्योगको विकास जस्ता कार्यक्रमहरुलाई सुदुर पश्चिमाञ्चल क्षेत्रमा अझ प्रभावकारी रुपमा अघि बढाउने अपेक्षा गर्नु भयो ।

अध्यक्ष ढकालले उद्योग व्यापार मेला उद्योग व्यवसायको प्रवर्द्धन तथा आर्थिक क्रियाकलाप एवं रोजगारी अभिवृद्धिका रुपमा आयोजना गरिनु पर्ने र यसका लागि महासंघले सदा प्रोत्साहित गर्ने उल्लेख गर्नु हुदै चालू आ.व. को बजेटका कतिपय कुराहरु बजेट बक्तव्यमा आए पनि बजेट बांडफांड एवं कार्य विधिमा नहुंदा विभिन्न समस्या देखिएको, त्रिभुवन विमान स्थल भन्सार कार्यालयबाट समान छुटाउन परि आएको समस्या दुई हप्ता भन्दा बढी समय भई सक्दा पनि समाधान हुन नसकेको तथा औद्योगिक व्यवसायिक सुरक्षा सम्बन्धी नीतिले अझ पूर्णता नपाएकोमा चिन्ता व्यक्त गर्नु हुदै सदस्य संघहरुको समस्या समाधानमा महासंघबाट जोडदार पहल भई रहेको जानकारी दिनु भयो ।

महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप धनगढी विमानस्थल निर्माण गरिएकोमा सुदुर पश्चिमाञ्चलका उवासंघहरु प्रति सराहना गर्नु हुदै उद्योग व्यापार मेला संघको अर्थाेपार्जनका रुपमा समेत आयोजना गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता श्री पाण्डेले जिल्लाको आवश्यकता र समस्या बारे प्रकाश पार्नु हुदै आगामी फागुनमा कञ्चनपुरमा क्षेत्रीय उद्योग व्यापार मेला आयोजना गरिन लागेको जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा उपस्थित महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, फोरम संयोजक ध्रुव कुमार श्रेष्ठ, समिति सहसभापति माधव प्रसाद भट्ट, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठ र सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद शर्माले सीमा क्षेत्रमा बढ्दो असुरक्षाको जरो पत्ता लगाई समस्या समाधान गर्नु पर्ने, यस क्षेत्रका विकासका संभावनालाई प्याकेजका रुपमा दिई समाधान गर्नुपर्ने र द्वन्दका कारण पर्न गएको वैंक कर्जा समस्या समाधानमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.