»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















"स्थायीत्व र उन्नतीका लागि श्रम बजारको सुधार" विषयक सम्मेलन आयोजना (२०६४/४/१७)


श्रम बजारलाई उत्पादनशील, स्थायित्व एवं प्रभावकारी बनाउंदै मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि रोजगारदाता र श्रमिक बीचको सम्बन्ध विकास, विद्यमान श्रम कानूनमा आवश्यक सुधार, श्रम बजारमा रहेका विद्यमान समस्या तथा चुनौतीहरुको पहिचान गरी अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्द्वारा अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को सहयोगमा आज ललितपुरमा आयोजित "स्थायीत्व र उन्नतीका लागि श्रम बजारको सुधार" विषयक एक दीने सम्मेलनका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।

श्रम बजारलाई बढी उत्पादनमुलक र सहयोगात्मक बनाउन रोजगारदाता र कामदार बीच सु्मधुर सम्बन्ध हुनुपर्ने र यसका लागि यी पक्षहरु बीच वारम्वारको सम्वाद तथा छलफल हुनुपर्नेमा सो सम्मेलनमा जोड दिइयो ।

श्रम कानूनमा सुधारका साथै श्रम बजार सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरुका विषयमा व्यापक छलफल पश्चात समझदारीमा पुगी नेपालमा श्रम बजारको सुधारका लागि सबै पक्षहरुलाई र्सवमान्य हुने रणनीतिको पहिचान गर्ने उद्देश्यले आयोजित सो सम्मेलनमा सरकार, रोजगारदाता र श्रमिक संगठनहरुका प्रतिनिधि गरी करिव ८० जनाको सहभागिता रहेको छ ।

नेपालमा श्रम बजारको सुधार गर्ने काम सन् २००५ देखि थालनी भएको भएपनि राजनीतिक अस्थिरताका कारण यो काम कागजमा मात्र सिमित भएको र गत वर्षो शान्ति संझौता, अन्तरिम संविधानको घोषणा, संसदको पुनर्स्थापना र अन्तरिम सरकारको निर्माण पश्चात श्रम बजारको सुधारको कार्य अघि बढेको छ ।

सो सम्मेलको उद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले श्रम बजारको सुधारबाट मात्र औद्योगिक शान्ति, स्थायीत्व र आर्थिक विकास जस्ता विषयलाई संवोधन गर्न सकिने भएकाले महासंघले शुरु देखिनै श्रम बजारको सुधार तथा यस क्षेत्रलाई बढी सशक्त बनाउन श्रम सुधारलाई प्रमुख एजेण्डाका रुपमा अघि बढाएको बताउनु भयो ।

नीति नियमको साथै संस्थागत संरचनाको स्थापना एवं सुधारबाट श्रम क्ष्ँेत्रका समस्या समाधानको साथै सहयोगात्मक श्रम सम्बन्ध पर््रवर्द्धन गर्न मद्दत पुग्दछ भन्ने सोच अनुरुप महासंघले सरकार र टे्रड यूनियनसंग सहकार्य गर्दै आएको अध्यक्ष ढकालले बताउनु भयो ।

कार्यस्थल र कामदारको जीवन स्तरमा सुधार ल्याउन सहयोगात्मक र उत्पादनशील श्रम सम्बन्धको पर््रवर्द्धन गर्ने कुरामा महासंघले जोड दिदैं आएको वताउंदै अध्यक्ष ढकालले समग्र श्रम क्षेत्रलाई गतिशिल बनाउने उद्देश्य सहित उपयुक्त कानूनी व्यवस्था र नीतिगत सुधारका लागि ४/५ वर्षेखि त्रिपक्षीय तथा द्विपक्षीय सम्बाद र छलफल जारी रहेको स्पष्ट पार्नू भयो ।

विविध कारणले गर्दा हालसम्म भएका सम्बाद र छलफलले श्रम क्षेत्रको सुधारलाई टुङ्गोमा पुर्याउन नसकिए पनि श्रम क्ष्ँेत्रमा रहेका जटिलता र व्यवधान हटाउनु पर्छ भन्ने कुरामा सहमत भएका जानकारी गराउंदै अध्यक्ष ढकालले सरकार, रोजगारदाता र ट्रेडयुनियन बीचको सहकार्यले एक अर्काेको भावना र स्थिति बुझ्ने/बुझाउने कुरामा ठूलो मद्दत पुगेको बताउनु भयो ।

सुधारको विषयलाई सम्बादका माध्यमबाट उपयुक्त निष्कर्षा पुर्याउन सक्षम र सफल हुने विश्वासका साथ सरकार र टे्रड यूनियन पक्षसंग सहकार्य गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउंदै उहांले श्रम बजार लचकता र कामदारको सामाजिक सुरक्षा सम्बन्धी विषय अहिले सुधारको मुख्य मुद्दाको रुपमा रहेको वताउनु भयो ।

आइएलओ नेपाल कार्यालयका निर्देशक सिंजी लि (Shengjie Li, Director, ILO Office, Kathmandu) ले नयां राजनीतिक परिवर्तन पश्चात नेपालले श्रम बजारको सुधारको कार्यलाई आइएलओको सहयोगबाट अगाडी बढाएको बताउनु भयो । उहांले सम्मेलनबाट महासंघले नेपालमा श्रम बजार सुधारको लागि सबै पक्षहरुलाई र्सवमान्य हुने रणनीतिको पहिचान गर्ने विश्वास पनि प्रकट गर्नु भयो ।

त्यसअघि स्वागत मन्तव्य दिनुहंदै महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठले नेपालको श्रम सम्बन्ध यतिखेर अत्यन्त कठिन मोडमा रहेकाले समयको माग अनुसार यसमा सुधार गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । महासंघले विगत ५ वर्षेखि निरन्तर रुपमा श्रम कानूनको सुधारमा आवाज उठाउंदै आएको र त्यस बीचमा भएका सवै प्रकारका संवाद, छलफल तथा परामर्शमा सक्रिय सहभागिता जनाउंदै आएको स्पष्ट पार्नुहुंदै उहांले लचिलो रोजगार नीति तथा सामाजिक सुरक्षा जस्ता प्रमुख विषयमा वृहद छलफल पश्चात सहमती बनाउनु पर्नेमा जोड दिनु भयो ।

श्रम क्षेत्रमा विद्यमान समस्या समाधानको साथै दिगो औद्योगिक शान्तिका लागि श्रम क्षेत्रको सुधार महत्वपूर्ण भएकोले सम्मेलनले प्रतिस्पर्धी व्यवसायिक वातावरणबाट सिर्जित विभिन्न समस्या र चुनौतिको विषयमा छलफल गरी श्रम नीति नियम र श्रम बजार सुधारको लागि मूल एजेण्डामा तय गर्ने लक्ष्य राखेको बताउनु भयो ।

कार्यक्रममा श्रम मन्त्रालयका उपसचिव प्रज्जवल अर्याल र जिफण्टका महासचिव विनोद श्रेष्ठले सम्मेलनको सफलताको कामना गर्नु भएको थियो । सो सम्मेलनमा प्राध्यापक दिनेश चापागाईले "दीगो आर्थिक विकासका लागि श्रम वजारको सुधार" र आइएलओ दक्षिण एशियाका वरिष्ठ विशेषज्ञ गोतावाय देशानायके (Gotabaya Dasanayaka, Senior Specialist on Employers Activities ILO-SRO New, Delhi) ले "श्रम वजार सुधारका विषय तथा चुनौतीहरु" विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.