»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा बाढी पीडितका लागि राहत एवं उद्दार सहयोग वितरण प्रारम्भ (२०६४/४/२३)


देशका विभिन्न भागमा हालै आएको बाढी पहिरो पीडितहरुको राहत एवं उद्दारका लागि नेपाल उद्योग वाणिज्य महासंघ मार्फ संकलित आर्थिक सहयोग एवं राहत सामग्री अस्ति सोमवारदेखि बाकें जिल्लाबाट वितरण कार्य प्रारम्भ गरिएको छ ।

बाकेंमा सो सहयोग नेपालगंज उद्योग वाणिज्य संघको समन्वय र साथी नामक गैह्र सरकारी सामाजिक संस्था एवं उलेन्स स्कूल मार्फ वितरण प्रारम्भ गरिएको हो ।

महासंघको कार्यकारिणी समितिका सदस्य सुरज वैद्यको संयोजकत्वमा उक्त प्रयोजनका लागि गठित "नेउवामहासंघ-राहत संकलन एवं वितरण समिति"ले रु. ७५ लाख बराबरको राहत संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्ममा रु. ४० लाख बराबरको प्रतिवद्धता प्राप्त भई सकेको र हाल संकलित सहयोग मध्ये पहिलो चरणमा रु. २५ लाखको राहत सहयोग वितरण प्रारम्भ गरिएको, दोस्रो चरणमा त्यत्तिनै बराबरको सहयोग यही साउन मसान्त भित्र र बांकी सहयोग त्यसपछि वितरण गर्ने लक्ष्यका साथ राहत संकलन एवं वितरण प्रारम्भ गरेको छ ।

महासंघले आफ्ना सबै सदस्य संघ/संस्थाहरु लगायत सम्पू्ण्ा उद्योगी व्यवसायीहरुका साथै यस कार्यमा सहयोग गर्न चाहने अन्य संघ/संस्था एवं व्यक्तिहरुमा आव्हान गरे अनुरुप आजसम्ममा १४ लाख ६६ हजार २४६ रुपैयां र ३८ पैसा बराबर सहयोग स्वरुप जम्मा भईसकेको छ र जम्मा हुने क्रम जारी छ ।

हालसम्म प्राप्त भईसकेको सहयोग विवरण यस प्रकार छः

१. नेपाल उद्योग वाणिज्य महासंघ - रु. ३,००,०००।
२. नेउवामहासंघ (कर्मचारीहरु) - रु. ५०,०००।
३. वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउस - रु. २,०१,०००।
४. र्सूय नेपाल प्रा.लि. - रु. १,५०,०००।
५. शंकर लाल अग्रवाल (शंकर ग्रुप) - रु. १,०१,०००।
६. चन्द्र प्रसाद ढकाल (आई.एमर्.इ.) - रु. १,००,०००।
७. शिखर इन्स्योरेन्स प्रा.लि. - रु. १,००,०००।
८. साथि - रु. १,००,०००।
९. प्रदीपजंग पाण्डे -लोमोस फर्मास्यूटिकल्स प्रा.लि. - रु. १०,०००। र रु. ५७,०००। को औषधि
१०. लुम्बिनी जनरल इन्स्योरेन्स कं.लि. - रु. ५५,०००।
११. लुम्बिनी जनरल इन्स्योरेन्स कं.लि. (कर्मचारीबाट) - रु. ४५,१३४।३८
१२. पद्मश्री प्रा.लि., नागपोखरी, नक्साल - रु. ५०,०००।
१३. रामचन्द्र संर्घाईं -अन्नपूर्ण भेजिटेबल प्रा.लि. र त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लि.) - रु. ५०,०००।
१४. कृष्ण प्रसाद ताम्राकार, अध्यक्ष, भक्तपुर्रर् इंटा टायल उद्योग प्रा.लि. - रु. २५,००१।
१५. पांचथर उद्योग वाणिज्य संघ - रु. २१,०००।
१६. नेपाल दाना उद्योग संघ - रु. ११,१११।
१७. कृष्ण प्रसाद ताम्राकार - रु. १०,०००।
१८. दिनेश श्रेष्ठ -अशोका कार्बन एण्ड एलाइड इ.प्रा.लि.) - रु. १०,०००।
१९. बि.के. श्रेष्ठ -रेडिशन होटल) - रु. १०,०००।
२०. शान्ति चड्डा -नेपाल ओमन क्राफ्टस्) - रु. १०,०००।
जम्मा रु. १४,६६,२४६।३८
२१. रुपीज् स्कूल र शुभ तारा स्कूल तथा स्कूलका छात्र/छात्राबाट - लत्ता कपडा

उक्त प्रयोजनका लागि महासंघले कान्तिपथ, काठमाडौं स्थित ग्लोबल बैंक लि.मा नेउवामहासंघ-राहत कोष खाता नं. ०१०८०१०००५०५४ मा रकम जम्मा गरि महासंघलाई जानकारी गराउन र अन्य राहत सामग्री सहयोग गर्नु हुनेले सिधैं महासंघको सचिवालयमा सर्म्पर्क राखि बुझाउन सकिने व्यवस्था समेत मिलाएको छ ।

संकलित आर्थिक सहयोग एवं राहत सामग्री सम्बन्धित जिल्ला/नगर उद्योग वाणिज्य संघको समन्वयमा सम्बन्धित ठाउंमा वितरण गर्ने कार्य समेत प्रारम्भ भई सकेकोले सहयोग रकम एवं राहत सामग्री श्रि्रताका साथ जम्मा गर्नु हुन बांकी सबैमा महासंघ हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.