»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















विभिन्न उवासंघहरुको अनुभव आदान प्रदान गर्न निस्केको वालिङ उवासंघको प्रतिनिधिमण्डल नेउवामहासंघमा (२०६४/४/३०)


उद्योग वाणिज्य संघहरुको आर्थिक स्रोत पहिचान, प्रभावकारी सेवा विस्तार र संघहरु बीचको आपसी सर्म्पर्क बढाउने उद्देश्यका साथ विभिन्न जिल्लाहरुको अध्ययन अवलोकन भ्रमणलाई महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरुले तिब्रताका साथ अघि बढाएका छन् ।

यसै शीलशिलामा महासंघको सदस्य वालिङ उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भ्रमण गरी संघहरुको आयस्रोत पहिचान, आपसी सम्बन्ध विस्तार, सचिवालय सुदृढीकरण, स्थानीय निकायसंग उद्योग वाणिज्य संघहरुको सहकार्यका विषयमा विस्तृत छलफल गर्‍यो ।

उक्त छलफल कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघमा अध्यक्ष चण्डिराज ढकालले हालका दिनहरुमा अध्ययन अवलोकन भ्रमण प्रति महासंघका सदस्य संघहरुले देखाएको सशक्तता प्रति महासंघ निकै खुशी भएको र यस्ता कार्यक्रमहरु आगामी दिनमा निरन्तर जारी रहने विश्वास दिलाउनु भयो ।

अध्यक्ष ढकालले स्थानीय स्रोतको पहिचान गरी स्थानीय उद्योग व्यवसाय विस्तार गर्न सुझाव दिंदै महासंघले अघि बढाएका एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्र र घरेलु तथा लघु उद्यम कार्यक्रम मार्फ पनि स्थानीय आर्थिक विकासमा सदस्य संघहरुलाई सहभागी गराउंदै जाने बताउनु भयो । अध्यक्ष ढकालले हालका दिनहरुमा मुलुकभित्र विकसित घटनाप्रति निजी क्षेत्र अत्यन्त चिन्तित रहेको र जस्तै अप्ठेरो अवस्थामा पनि यस क्षेत्रले आफनो धर्ैयतालाई कायम राख्दै प्रभावकारी भूमिका खेल्दै जाने दृढता प्रकट गर्नु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्यहरु रोहिणी थपलिया, चोपनारायण श्रेष्ठ र लोक विक्रम थापाले उद्योग व्यवसाय प्रवर्द्धनका साथै स्थानीय आर्थिक-सामाजिक विकासमा जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको अहं भूमिका रहने उल्लेख गर्नु भएको उक्त कार्यक्रममा प्रतिनिधिमण्डका नेता एवं संघका अध्यक्ष याम वहादुर गुरुङले संघको आयस्रोत अभिवृद्धि, शीपमुलक कार्यक्रमको पहिचान, संघहरु बीचको आपसी सम्बन्ध विकास तथा सुदृढीकरण, सचिवालय सुदृढीकरणमा अन्य संघहरुले हासिल गरेका अनुभवहरुको आदान प्रदान गर्ने उद्देश्यले भ्रमणको आयोजना भएको र त्यस क्रममा निकै अनुभवहरु आदान प्रदान भएको जानकारी गराउनु भयो ।

सुनसरी उवासंघका अध्यक्ष अशोक ताम्राकार, ओखलढुंगा उवासंघका अध्यक्ष केशव कुमार उदास, खोटाङ उवासंघका अध्यक्ष खुसनारायण सैंजु, मेची उवासंघका अध्यक्ष विजय डालमिया र सिर्द्धार्थनगर उवासंघका उपाध्यक्ष विष्णु प्रसाद शर्माले पनि वोल्नु भएको सो कार्यक्रममा स्थानीय क्षेत्रमा पर्यटन विकास, व्यवसायिक कृषि विकास, स्थानीय स्रोतको पहिचान गरि संघहरुको आयस्रोतको अभिवृद्धि, जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि स्थानीय निकायसंगको सहकायर्, शान्ति सुरक्षाको खस्कंदो अवस्था, स्थानीय करमा उत्पन्न समस्या लगायत जिल्लाका विविध समस्या माथि विस्तृत छलफल भएको थियो । विभिन्न जिल्ला उवासंघहरुको भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल भदौ २ गते वालिङ र्फकने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.