हालैका दिनहरुमा मुलुकका विभिन्न भागहरुमा आएको अविरल वर्षा र त्यसबाट विस्थापित/पिडीतहरुको सहयोगार्थ छाला जुत्ता तथा बस्तु उत्पादक संघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत करिव रु. ३,०५,९०५/- (अक्षरेपी तीन लाख पांच हजार नौसय पांच) वरावरको ८ सय २२ जोर जुत्ता हस्तान्तरण गरेको छ ।
महासंघका अध्यक्ष चण्डिराज ढकाललाई सो संघका अध्यक्ष रामकृष्ण प्रसाईले आज एक कार्यक्रम बीच महासंघको सचिवालयमा सो सहयोग हस्तान्तरण गर्नु भयो । संघले यस अघि संघको सातौ साधारण सभाका अवसरमा वाढी पिडीतहरुको सहयोगार्थ रु. २५,०००/-को चेक महासंघका अध्यक्षलाई हस्तान्तरण गरेको थियो ।
सहयोग हस्तान्तरण समारोहलाई संवोधन गर्नुहुंदै महासंघमा अध्यक्ष ढकालले संघले उपलव्ध गराएको सहयोगबाट प्राकृतिक विपत्तिमा परेका विस्थापितहरुको लागि ठूलो राहत हुने भएकाले यसका लागि संघलाई धन्यवाद दिनु भयो । अध्यक्ष ढकालले महासंघले यस प्रकारको संकलित नगद तथा जिन्सी सहयोग पिडीतहरुलाई वितरण गर्ने कार्य प्रारम्भ भएको जानकारी गराउनु भयो ।
सो संघका अध्यक्ष प्रर्साईले विपत्तिमा परेकाहरुका लागि संघले आफ्ना सदस्यहरुबाट संकलन गरेको यो सानो सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्नु भयो ।
महासंघले आफ्ना सबै सदस्य संघ/संस्थाहरु लगायत सम्पूर्ण उद्योगी व्यवसायीहरुका साथै यस कार्यमा सहयोग गर्न चाहने अन्य संघ/संस्था एवं व्यक्तिहरुमा आव्हान गरे अनुरुप आजसम्ममा १६ लाख ४५ हजार २४६ रुपैयां र ३८ पैसा बराबर सहयोग स्वरुप जम्मा भईसकेको छ र जम्मा हुने क्रम जारी छ ।
आजसम्म प्राप्त भईसकेको सहयोग विवरण यस प्रकार छः
१. नेपाल उद्योग वाणिज्य महासंघ - रु. ३,००,०००।
२. नेउवामहासंघ (कर्मचारीहरु) - रु. ५०,०००।
३. वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउस - रु. २,०१,०००।
४. र्सूय नेपाल प्रा.लि. - रु. १,५०,०००।
५. शंकर लाल अग्रवाल (शंकर ग्रुप) - रु. १,०१,०००।
६. चन्द्र प्रसाद ढकाल (आई.एमर्.इ.) - रु. १,००,०००।
७. शिखर इन्स्योरेन्स प्रा.लि. - रु. १,००,०००।
८. साथि - रु. १,००,०००।
९. प्रदीपजंग पाण्डे (लोमोस फर्मास्यूटिकल्स प्रा.लि.) - रु. १०,०००। र रु. ५७,०००। को औषधि
१०. लुम्बिनी जनरल इन्स्योरेन्स कं.लि. - रु. ५५,०००।
११. के.एल. दुगड ग्रुप - रु. ५१,०००। को चिउरा र राहत सामग्री निःशुल्क ढुवानी (पश्चिम तर्फो लागि) ।
१२. पोखरा उद्योग वाणिज्य संघ - रु. ५१,०००।
१३. मोरङ व्यापार संघ - रु. ५१,०००।
१४. लुम्बिनी जनरल इन्स्योरेन्स कं.लि. (कर्मचारीबाट) - रु. ४५,१३४।३८
१५. पद्मश्री प्रा.लि., नागपोखरी, नक्साल - रु. ५०,०००।
१६. रामचन्द्र संर्घाईं (अन्नपूर्ण भेजिटेबल प्रा.लि. र त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लि.) - रु. ५०,०००।
१७. कृष्ण प्रसाद ताम्राकार, अध्यक्ष, भक्तपुर्रर् इंटा टायल उद्योग प्रा.लि. - रु. २५,००१।
१८. पांचथर उद्योग वाणिज्य संघ - रु. २१,०००।
१९. हिक्मत बहादुर माली (माली आयल स्टोर) - रु. २१,०००।
२०. नेपाल दाना उद्योग संघ - रु. ११,१११।
२१. कृष्ण प्रसाद ताम्राकार - रु. १०,०००।
२२. दिनेश श्रेष्ठ (अशोका कार्बन एण्ड एलाइड इ.प्रा.लि.) - रु. १०,०००।
२३. बि.के. श्रेष्ठ (रेडिशन होटल) - रु. १०,०००।
२४. शान्ति चड्डा (नेपाल ओमन क्राफ्टस्) - रु. १०,०००।
२५. म्याग्दी उद्योग वाणिज्य संघ - रु. ५,०००।
जम्मा रु. १६,४५,२४६।३८
२६. रुपीज् स्कूल र शुभ तारा स्कूल तथा स्कूलका छात्र/छात्राबाट - लत्ता कपडा
२७. हिमश्री फुड्स प्रा.लि., पोखरा - चाउचाउ २०० बाकस
२८. मिलन विद्या मन्दिर स्कूल - लत्ता कपडा
२९. छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपाल - ८,२२ जोर जुत्ता
उक्त प्रयोजनका लागि महासंघले कान्तिपथ, काठमाडौं स्थित ग्लोबल बैंक लि.मा नेउवामहासंघ-राहत कोष खाता नं. ०१०८०१०००५०५४ मा रकम जम्मा गरि महासंघलाई जानकारी गराउन र अन्य राहत सामग्री सहयोग गर्नु हुनेले सिधैं महासंघको सचिवालयमा सर्म्पर्क राखि बुझाउन सकिने व्यवस्था समेत मिलाएको छ ।
संकलित आर्थिक सहयोग एवं राहत सामग्री सम्बन्धित जिल्ला/नगर उद्योग वाणिज्य संघको समन्वयमा सम्बन्धित ठाउंमा वितरण गर्ने कार्य समेत प्रारम्भ भई सकेकोले सहयोग रकम एवं राहत सामग्री शिघ्रताका साथ जम्मा गर्नु हुन बांकी सबैमा महासंघ हार्दिक आग्रह गर्दछ ।