नेपाल केबल टेलिभिजन एशोसिएशन र नेपाल केबल टिभि संघले केबल टेलिभिजनको छुट्टै ऐन कानूनको निर्माण लगायत यस व्यवसायका समस्या समाधानको माग गर्दै यही असार २८ गते अर्थात गत सोमवारदेखि संयुक्त रुपमा शुरु गरेको आन्दोलन प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
सूचना/जानकारी दैनिक जीवनको अभिन्न अंग भएको र यसको सशक्त माध्यम केबल टेलिभिजन भइसकेको वर्तमान अवस्थामा केबल टेलिभिजन लगायत कुनै पनि टेलिभिजन प्रशारण/संचालनमा समस्या आउन दिनु हुंदैन र संचारको यस प्रकारको सशक्त माध्यमलाई नियमित र व्यवस्थित गरि सुचारु संचालनमा सहयोग गर्नु अत्यन्त आवश्यक छ ।
त्यसैले नेपाल केबल टेलिभिजन एशोसिएशन र नेपाल केबल टिभि संघद्वारा प्रस्तुत न्यायोचित मागहरुलाई तत्कालै संवोधन गरी केबल टिभि लगायत सम्पूर्ण टेलिभिजन च्यानलहरु सुचारु संचालनको वातावरण सृजना गर्न महासंघ नेपाल सरकार लगायत सम्बन्धित निकायसंग जोडदार आग्रह गर्दछ ।