»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राज्यको पुनरनिर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन नेउवामहासंघका अध्यक्ष ढकालद्वारा आग्रह (२०६४/५/९)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले नयां नेपालको परिकल्पना गर्दा राज्यले निजी क्षेत्रको सहभागितालाई उच्च मूल्यांकन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उद्योग वाणिज्य संघ, नवलपरासीको आतिथ्यतामा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको क्षेत्रीय भेलाको हालै नवलपरासीमा उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि अध्यक्ष ढकालले राज्यको अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको सहभागितालाई राज्यको पुनरनिर्माणको हरेक कदममा सहभागी गराउन जोड दिनु भयो ।

राज्यले निजी क्षेत्रलाई राजश्व बढाउने विषयमा मात्र सोचेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष ढकालले औद्योगिक सुरक्षा दिनप्रतिदिन व्रि्रदै गएकोमा चिन्ता प्रकट गर्नु भयो । उहांले निजी क्षेत्रले आजपनि त्यतिकै असुरक्षित महशुस गर्नु परेको पनि वताउनु भयो ।

शान्ति सुरक्षाको पर्ूण्ा प्रत्याभुति सहित यस क्षेत्रलाई मुलुकको उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रको विकासमा ढुक्कसंग लाग्ने वातावरण निर्माण गर्न निजी क्षेत्रले दिएको सुझावको सुनुवाई नभएकोमा उहांले चिन्ता प्रकट गर्नु भयो ।

महासंघका पर्ूव अध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय क्षेत्रका समस्या आजपनि ज्यूंकात्यू रहेकोमा गम्भिर चिन्ता प्रकट गर्दै उद्योग व्यवसाय संचालनका लागि सुरक्षित र शान्त वातावरण तयार गर्न सरकारसंग आग्रह गर्नु भयो ।

महासंघका उपाध्यक्षहरु दिवाकर गोल्छा, कुशकुमार जोशी र आजाद श्रेष्ठले स्थानीय क्षेत्रको आर्थिक विकास मार्फ स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउन महासंघले इलम प्रशिक्षण कार्यक्रम तथा एक गाउं एक उत्पादन जस्ता कार्यक्रमहरु संचालनमा ल्याएकोले यसमा सदस्य संघहरुबाट सक्रिय सहभागिताको अपेक्षा गरिएको पनि बताउनु भयो । साथै उहांहरुले स्थानीय क्षेत्रकै स्रोत साधनबाट संचालन गर्न सकिने उद्योग व्यवसायको पहिचान गर्न पश्चिमाञ्चल क्षेत्रका उवासंघहरुलाई आग्रह पनि गर्नु भयो ।

उद्घाटन समारोहमा सांसद एवं पर्ूव गृहराज्यमन्त्री देवेन्द्र राज कंडेल, महासंघको कार्यकारिणी समितिका सदस्यहरु चन्द्रकृष्ण कर्माचार्य, ध्रुवकुमार श्रेष्ठ, चोपनारायण श्रेष्ठ, क्षेत्रीय उवासंघका पर्ूव अध्यक्ष ओमकार गौचन, पोखरा उवासंघका अध्यक्ष दिपक श्रेष्ठ, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु लगायतले शुभ-कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उवासंघ नवलपरासीका अध्यक्ष विरेन्द्र अग्रहरीले स्वागत मन्तव्य र पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष एवं लम्जुंग उवासंघका अध्यक्ष रमेशकुमार पियाको सभापतित्वमा सम्पन्न सो समारोहमा त्यस क्षेत्रका १९ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीहरु र कार्यकारिणी समितिका सदस्यहरु उपस्थिति रहेको थियो ।

साथै सो साधारण सभाले पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको अध्यक्षमा उवासंघ नवलपरासीका अध्यक्ष विरेन्द्र अग्रहरीलाई निर्विरोध निर्वाचित गरेको छ भने क्षेत्रीय उपाध्यक्षद्वयमा पोखरा र म्याग्दी उवासंघका अध्यक्षहरु क्रमशः दिपक श्रेष्ठ र प्रमोद श्रेष्ठ तथा महासचिवमा कृष्णमोहन श्रेष्ठलाई चयन गरेकोे छ । अन्य सदस्यहरु पछि चयन गर्ने गरी क्षेत्रीय विधानलाई समय सापेक्ष रुपमा र्सवसम्मतद्वारा संसोधन गर्ने निर्ण्र्ाापनि सो सभाले गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.