»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मुलुकको आर्थिक विकासमा सहयोग पुर्žयाउन महासंघद्वारा मेला महोत्सवको आयोजनामा जोड


- इटहरीमा पूर्वाञ्चल महोत्सव-२०६४ -
मुलुकको आर्थिक विकासमा सहयोग पुर्žयाउन महासंघद्वारा मेला महोत्सवको आयोजनामा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले स्थानीय उत्पादनहरुको प्रवर्द्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा नेपाली उत्पादनहरुको विस्तार तथा विकास गर्ने लक्ष्यका साथ महासंघले मेला/महोत्सवको आयोजनामा विशेष जोड दिएको बताउनु भएको छ ।

आगामी असोज १७-२७ गते सुनसरीको इटहरीमा आयोजना हुन लागेको पर्ूवाञ्चल महोत्सव-२०६४ को सम्बन्धमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै अध्यक्ष ढकालले स्थानीय क्षेत्रीय तथा राष्ट्रिय रुपमै आर्थिक गतिविधि विस्तार गरी स्थानीय जीवनस्तर बर्ढाई मुलुकको आर्थिक विकासमा सहयोग पुर्žयाउन महासंघले यस प्रकारका कार्यक्रमलाई विशेष जोड दिएको स्पष्ट पार्नु भयो ।

महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले पत्रकार सम्मेलनमा स्वागत मन्तव्य दिनुहुंदै महासंघले सदस्य संघहरुको सहभागितामा विगत वर्षरुदेखिनै यस प्रकारका महोत्सवहरुको आयोजना मार्फ स्थानीय आर्थिक गतिविधि बढाउन महत्वपर्ूण्ा सहयोग पुर्žयाउंदै आएको र आगामी वर्षकरिव २० वटा मेला महोत्सव कार्यक्रमहरुको आयोजना गर्ने लक्ष्य राखेको बताउनु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्हरु डी.वी. वस्नेत, लोक विक्रम थापा, प्रदिपजंग पाण्डे र गुणनिधि तिवारीको पनि उपस्थिति रहेको सो कार्यक्रममा धन्यवाद मन्तव्यका क्रममा महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शर्ेपाले जस्तै कठिन अवस्थामा पनि महासंघले यस प्रकारका मेला/महोत्सवको आयोजनालाई निरन्तरता दिंदै आएको स्मरण गर्दै पूर्वाञ्चल महोत्सवले त्यस क्षेत्रको आर्थिक व्यवसायिक विस्तारमा सहयोग पुर्žयाउने विश्वास प्रकट गर्नु भयो ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष टंकप्रसाद दुलालले प्रस्तुत गर्नु भएको प्रेस विज्ञप्तिको पूर्ण अंशः पूर्वाञ्चलको उद्योग, व्यापार, लघु उद्यम, घरेलु तथा साना उद्योग, पर्यटन र कृषि प्रदर्शनीको साथै पूर्वाञ्चलको संस्कृति, कला र साहित्य प्रवर्द्धनको वृहत उद्देश्य लिएर उद्योग वाणिज्य संघ इटहरी, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ आयोजक र जिल्ला विकास समिति सुनसरी, इटहरी नगरपालिका सह-आयोजक तथा नेपाल पर्यटन बोर्ड प्रवर्द्धक र एस्टरिक्स एड्भरटाइजिङ्ग प्रा.लि. व्यवस्थापक रही इटहरीको जनता प्रा.वि.को ग्राउण्डमा आगामी असोज १७ देखि २७ गते (४-१४ अक्टोवर २००७) सम्म पर्ूवाञ्चल महोत्सव-२०६४ आयोजना गरिने भएको छ ।

उद्योग, व्यापार, घरेलु तथा लघु उद्यम, पर्यटन र कृषिको वृहद प्रदर्शनी मार्फत पूर्वाञ्चलको आर्थिक तथा व्यापारिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिने लागेको यस वृहद औद्योगिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवलाई लघु उद्यम विकास कार्यक्रम, (Nepal Federation of Saving and Credit Cooperatives Union-NEFSCUN), नेपाल सरकारको कृषि तथा सहकारी मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय सुनसरी, जिल्ला कृषि कार्यालय सुनसरीको समेत सहयोग रहने छ ।

यस राष्ट्रिय प्रदर्शनीलाई पूर्वाञ्चलको गौरव सम्झेर ऐतिहासिक रुपमा सफल बनाउन पूर्वाञ्चलका स्थानीय निकायहरु सम्पूर्ण राजनीतिक दलहरु, प्रशासन र सुरक्षा संयन्त्र, संचार माध्यम, पत्रकार जगत, नागरिक समाज र अन्य सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको ठूलो सहयोग रहने विश्वास संघले लिएको छ ।

नेपालीहरुको महान चाड बडादशैको पूर्व सन्ध्यामा ११ दिनसम्म लगातार संचालन हुने उक्त वृहत महोत्सव तथा प्रदर्शनीमा स्वदेशी तथा विदेशी ठूला, मझौला र साना औद्योगिक व्यापारिक कम्पनीहरु, वितरक, निर्यातकर्ताहरु र उपभोक्ताहरुलाई एउटै मञ्चमा भेटघाट र व्यवसाय प्रवर्द्धनको राम्रो अवसर प्राप्त हुनुको साथै स्थानीय जनसमूदायहरुले एउटै छातामुनीबाट दशैको खरिद गर्न सकुन भन्ने लक्ष्य राखिएको छ ।

पूर्वाञ्चल महोत्सव-२०६४ मा १९० साधारण स्टल र १० वटा विशेष स्टलहरु राखिने छन् । महोत्सव अवधिभर ५ करोड बराबरको बिक्री वितरणको अपेक्षा गरिएको छ र २ लाख व्यक्तिहरुको सहभागिता रहने अनुमान गरिएको छ । उक्त वृहद महोत्सव तथा प्रदर्शनीलाई अझ रोचक तथा आकर्ष बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट विभिन्न सांस्कृतिक कार्यक्रम मौतका कुवा, बाल उद्यान लगायतका १८ विभिन्न मनोरञ्जनात्मक खेलहरु तथा फुडफेस्टिबल समेत आयोजना गरिनुका साथै उत्कृष्ट सजावटका स्टललाई प्रशंसा पत्र तथा उपहारको कार्यक्रम रहेको छ ।

प्रदर्शनी स्थलमा सूचना तथा संचार कक्ष, प्राथमिक उपचार कक्ष, प्राविधिक सेवा कक्ष, मर्मत संभार कक्ष र चौबिसै घण्टा सुरक्षा व्यवस्था मिलाइने छ । प्रदर्शनीको व्यापक प्रचार प्रसार मुद्रण तथा विद्युतीय संचार माध्यमहरु जस्तै राष्ट्रिय र स्थानीय दैनिक पत्रपत्रिका, टेलिभिजन, एम.एम. रेडियो, होर्डिङ्ग बोर्ड, स्टि्रट बैनर, पोल व्यानर, पोस्टर, ब्रोसर र हाते पर्चाबाट गरिने छ ।

अन्तमा इटहरी पूर्वाञ्चलको औद्योगिक तथा व्यापारिक क्षेत्रहरुको बीचमा रहेको पर्रि्रेक्ष्यमा यस महोत्सवलाई सफल बनाउन सम्पूर्ण क्षेत्रबाट सहयोग रहने यस संघले विश्वास लिएको छ र देश द्वन्दको अन्त र शान्ति सुव्यवस्था तिर अग्रसर भइरहेको अवस्थामा आयोजित यस प्रदर्शनीले देशको आर्थिक कृयाकलाप बर्ढाई अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्žयाउनुका साथै हरित नगरी यस इटहरी नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म पहिचान गराउन पूर्वाञ्चल महोत्सव-२०६४ ले मद्दत पुर्žयाउने विश्वास हामी आयोजकले लिएका छौं ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.