एक दशकभन्दा बढी समयदेखिको द्वन्दको अन्तगरि संविधान सभाको माध्यमबाट देशमा दिगो र स्थायी शान्ति स्थापनाका साथै नयाँ नेपाल निर्माण तर्फदेश अग्रसर भइरहेको र संविधान सभाको निर्वाचन तर्फदेश र जनता उन्मुख भई रहेको अवस्थामा देशको राजधानी काठमाडौंको मुटुमै सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा हिजो श्रृखंलावद्ध रुपमा बम विष्फोट गराइएकोमा सो विष्फोट जो सुकैले गराएको भएपनि नेपाल उद्योग वाणिज्य महासंघ त्यसको घोर भर्त्सना गर्दै त्यस्ता निन्दनीय कार्य दोहोरिन दिनु नहुने र दोषि पत्ता लगाई कडा कारवाही हुनु पर्ने तर्फ नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउंदछ ।
त्यस्तो महाआपत्तिजनक एवं निन्दनीय घटनाबाट केही व्यक्तिको मृत्यु हुनुको साथै दुई दर्जन भन्दा बढी व्यक्ति घाइते भएकोमा महासंघ स्तब्ध भएको छ र मृत्यु हुनेहरुको आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछ ।
साथै उक्त कायरतापूर्ण घटनामा परि घाइतेहुनेहरुको निःशुल्क उपचारको विशेष व्यवस्थाका लागि पनि महासंघ सरकारसंग आग्रह गर्दछ ।