संविधान सभाको माध्यमबाट देशमा दीगो र स्थायी शान्ति स्थापनाका साथै नयां नेपाल निर्माण तर्फ देश अग्रसर भई रहेको तथा संविधान सभाको निर्वाचन तर्फ देश र जनता उन्मुख भई रहेको अवस्थामा जनकपुरका उद्योगी व्यवसायीहरु माथि हातपात, लुटपाट, अपहरण, श्रम विवाद जस्ता घटना हुनु चिन्ताको बिषय हो ।
यस्तै असहज परिस्थितिका कारण जनकपुर उद्योग वाणिज्य संघद्वारा हिजो जनकपुरमा आयोजित उद्योगी व्यवसायीहरुले बृहत भेलाबाट विभिन्न पांच सुत्रिय माग राखि आज देखि आपतकालिन सेवा वाहेक सम्पूर्ण औद्योगिक व्यवसायिक प्रतिष्ठानहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेकोमा यस महासंघ गम्भीर भएको छ ।
समयमै समस्या समाधान नभएमा यस्ता समस्या गम्भीर रुपमा बढ्दै जाने देखिएकोले ती मागहरुलाई गम्भीरतापूर्वक लिई समस्या समाधानको लागि तत्काल पहल हुन महासंघ नेपाल सरकार लगायत सबै राजनीतिक दल तथा स्थानीय प्रशासनसंग समेत जोडदार आग्रह गर्दछ ।