»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अध्यक्ष ढकालद्वारा स्थानीय आर्थिक विकासका लागि सम्भाव्यताको खोजी गर्न सदस्य संघहरुलाई आग्रह (२०६४/५/२१)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले महासंघका सदस्य संघहरुलाई स्थानीय क्षेत्रको उद्योग व्यवसाय लगायत समग्र आर्थिक विकासका लागि र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप अघि बढ्न आग्रह गर्नु भएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको छैटौ वाषिर्क साधारण सभाको हिजो वाह्रविसेमा उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि अध्यक्ष ढकालले जिल्लाको समग्र आर्थिक विकासका लागि स्थानीय स्रोत र साधनमा आधारित उद्योग व्यवसायको पहिचान गर्न आग्रह गर्दै महासंघले अघि सारेको "एक गाउं एक उत्पादन" र "इलम प्रशिक्षण कार्यक्रम"मा सदस्य संघहरुको सक्रिय सहभागिता रहने बताउनु भयो ।

अध्यक्ष ढकालले संविधान सभाको निर्वाचन निर्धारित समयमै सम्पन्न गरी मुलुकलाई निकास दिन राजनीतिक दल तथा सरकारलाई आग्रह गर्नु भयो । नयां नेपालको परिकल्पना गर्दा राज्यले निजी क्षेत्रको सहभागितालाई उच्च मूल्यांकन गर्नुपर्नेमा समेत उहांले जोड दिनु भयो ।

निजी क्षेत्रले पनि समयमै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिंदै आएको र संविधान सभा पछि बन्ने संविधान तथा स्थायी सरकारबाट मात्र मुलुकले आर्थिक तथा राजनीतिक निकास पाउने विश्वास निजी क्षेत्रले गरेको पनि बताउनु भयो । उहांले तातोपानी नाकालाई बढी व्यवस्थित बनाई आयात निर्यात व्यापारलाई बढी सरल र प्रभावकारी पार्नुपर्नेमा जोड दिनुभयो ।

साथै अध्यक्ष ढकालले नेपाल र चीन बीच द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि पांचखाल एवं नुवाकोटमा शीघ्र विशेष आर्थिक क्षेत्र स्थापना गर्नुपर्ने, चिनियां रेल मार्ग नेपालसम्म जोड्नुपर्ने, अवैध व्यापार नियन्त्रण गर्नुपर्ने, कोदारी राजमार्गको पुनरनिर्माणका साथै नेपाली उत्पादन चिनियां बजारमा सहुलियत पर्ूण्ा प्रवेशको सुविधा हुनुपर्ने र नेपालमा चिनियां लगानी अत्याधिक रुपमा आकषिर्त गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरिम व्यवस्थापिका संसदका विधायक मोहनवहादुर वस्नेतले विकासका दृष्टिले पछाडी परेका जिल्लाहरुको आर्थिक विकासका लागि महासंघ जस्ता संस्थाले नेतृत्व लिनुपर्ने धारणा राख्दै जिल्लाको आर्थिक विकासका लागि आफनो तर्फाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

सो अवसरमा महासंघको समिति सभापतिहरु डीवी वस्नेत र लोक विक्रम थापाले जिल्लाको आर्थिक विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु मार्फ सदस्य संघहरुको सक्रिय सहभागीतामा जोड दिएको जानकारी दिंदै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई पनि सक्रिय रहन आग्रह गर्नुभयो ।

संघका अध्यक्ष विष्णु वहादुर खत्रीको सभापत्विमा सम्पन्न उद्घाटन समारोहमा वाग्लुङ उवासंघका अध्यक्ष ध्रुवप्रसाद गौतम, काभ्रे उवासंघका अध्यक्ष लक्ष्मीलाल राजभण्डारी र निवर्तमान अध्यक्ष पर्ूण्ा पलाञ्चोके लगायतका वक्ताहरुले शुभ-कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साथै साधारण सभाले संघको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ सहित नयां पदाधिकारी एवं कार्य समिति सदस्यहरु र्सवसम्मतिद्वारा निर्वाचित गरेको छ । नवनिर्वाचित प्रथम, द्वितीय र तृतिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमशः रामहरि थापा, ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, कृष्ण क्षेत्री, ध्रुवलाल श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, राजेशकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ हुनुहुन्छ भने सदस्यहरुमा तर्ीथमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, निम्फुञ्जो शर्ेपा, जोनसन साख, सुरेन्द्र कुमार श्रेष्ठ, शम्भु बहादुर तिमल्सिना, मेखबहादुर श्रेष्ठ, सुरजमान श्रेष्ठ, सन्तोष कर्माचार्य, रविन्द्र प्रधान, वेदबहादुर श्रेष्ठ, वुद्धराज बस्नेत र मित्रध्वज लामा हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.