उद्योगी व्यवसायीहरु माथिको हातपात, लुटपाट अनावश्यक श्रम विवाद, आर्थिक दवाव एवं अपहरण जस्ता गतिविधिको अन्तका साथै अवैध रुपमा कव्जा गरिएका घर जग्गा फिर्ता गर्नुपर्ने जस्ता मागहरु राखी जनकपुर उद्योग वाणिज्य संघद्वारा जनकपुरधाममा आयोजित उद्योगी व्यवसायीहरुको भेलाको निर्णय अनुसार गत शुक्रबार देखि गरिएको अनिश्चितकालिन बन्द अन्त गर्न स्थानीय प्रशासन लगायत कहिं कतैबाट पहल नभएकोमा नेपाल उद्योग वाणिज्य महासंघ आर्श्चर्यमा पर्नुका साथै अत्यन्त चिन्तित भएको छ ।
विगत चार/पांच दिनदेखि सम्पूर्ण उद्योग व्यापार व्यवसाय तथा यातायात ठप्प हुंदा विशेष गरी र्सवसाधारण जनता अत्यन्त ठूलो मारमा परेका छन् भने अर्को तिर उद्योग व्यापार व्यवसाय लगायतका आर्थिक सामाजिक क्रियाकलाप अत्यन्तै दयनीय स्थितिबाट गुज्रिन पुगेको छ ।
तर्सथ सो संघका मागहरुलाई सम्बोधन गर्दै अविलम्ब समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं त्यस्तो अप्रिय स्थितिको अन्त नभएमा सो मागको समर्थनमा यस महासंघ समेत उत्रिन बाध्य हुनु पर्ने हुंदा तत्कालै समस्या समाधानको लागि पहल हुन महासंघ नेपाल सरकार लगायत राजनैतिक दल तथा स्थानीय प्रशासन समेतसंग जोडदार आग्रह गर्दछ ।