»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वालिङ्ग उद्योग वाणिज्य संघको सातौं वाषिर्क साधारण सभा सम्पन्न (२०६४/५/२५)


वालिङ्ग उद्योग वाणिज्य संघको सातौं वाषिर्क साधारण सभा हिजो वालिङमा सम्पन्न भयो । सो सभाको उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि पूर्व मन्त्री एवं नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति गोपालमान श्रेष्ठले वालिङ, स्यांग्जा जिल्लाकै प्रमुख व्यापारिक केन्द्र भएको र विकासको प्रचुर सम्भावना बोकेकोले व्यवस्थित औद्योगिक नगरिको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

स्याङजा जिल्लाकै विकासका लागि लगानी अति आवश्यक भएको बताउंदै उहांले संघको निर्माणाधिन सामूदायिक भवनलाई सम्पन्न गराउनका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

विशिष्ट अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सम्पूर्ण उद्योग व्यवसायीहरु धरासायी भई रहेको वर्तमान अवस्थामा केन्द्रदेखि तल्लो तहसम्म हक हितका लागि निजी क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच राख्नु पर्नेमा जोड दिनु भयो । साथै उहांले सरकारलाई शान्ति सुरक्षा कायम गरी उद्योग धन्दा स्वतन्त्र रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह पनि गर्नु भयो ।

महासंघका अध्यक्ष चण्डिराज ढकाल र द्वितिय उपाध्यक्ष कुशकुमार जोशीले पठाउनु भएको सन्देश पढेर सुनाइएको सो कार्यक्रममा महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले उद्योग व्यवसाय लोकतन्त्रको संस्थागत विकास प्रति प्रतिवद्ध रहेकोमा जोड दिंदै वालिङ्ग उद्योग वाणिज्य संघले गरेका कार्यक्रम प्रति महासंघको तर्फबाट सक्दो सहयोग हुने बचन दिनु भयो ।

उपाध्यक्ष श्रेष्ठले महासंघले स्थानीय स्रोत र जनशक्ति परिचालन मार्फत आर्थिक विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यले अघि बढाएका एक गाउँ एक उत्पादन र इलम प्रशिक्षण कार्यक्रमहरुलाई सफल वनाउन सदस्य संघहरुको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नु भयो ।

महासंघका कार्यकारिणी समितिका सदस्यहरु चन्द्रकृष्ण कर्माचार्य र चोपनारायण श्रेष्ठले संघबाट स्थानीय आर्थिक सामाजिक क्षेत्रको विकासमा भएका कार्यहरुको प्रशंसा गर्दै आगामी कार्यक्रममा आफनो तर्फबाट सहयोग जारी रहने प्रतिवद्धता जनाउनु भयो ।

राजनीतिक दलका स्थानीय प्रतिनिधि, जिल्लास्थित विभिन्न संघ/संस्थाका प्रमुख, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मानकाजी माकजु, लेखनाथ उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम जमरकट्टेल, निवर्तमान अध्यक्ष चतुराखर अधिकारी र स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमान श्रेष्ठले पनि शुभकामना मन्तव्य दिनु भएको सो कार्यक्रममा लेखनाथ र वालिङ उवासंघ बीच सहयोग तथा साझेदारी अभिवृद्धी अन्तरगत लेखनाथ उवासंघका अध्यक्ष जमरकट्टेलले वालिङ उवासंघका अध्यक्षलाई एक थान कम्प्युटर फयाक्स मेसीन र फोटोकपी मेसिन हस्तान्तरण गर्नुभयो ।

संघका अध्यक्ष ले. यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका उपाध्यक्षद्वय सिताराम अधिकारी, पुण्यप्रसाद अर्याल र महासचिव पुष्पकुमार वगालेले पनि बोल्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.