»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आयात/निर्यात सुचारु राखि उद्योग व्यापार सञ्चालनका लागि तत्कालै बैकल्पिक व्यवस्था हुन महासंघद्वारा जोडदार आग्रह (२०६४/५/२६)


भारतको पश्चिम बंगाल राष्ट्रिय मार्गमा पर्ने दोहमना खोलाको पुल भत्केका कारण विगत तीन हप्तादेखि नेपालको पूर्वाञ्चलबाट हुने सम्पूर्ण आयात/निर्यात ठप्प भई विराटनगर भन्सारबाट दैनिक रुपमा संकलन हुने करोडौं राजश्वमा ह्रास आएको छ भने दैनिक करोडौंको नोक्सानी त्यस क्षेत्रका उद्योगहरुले व्यहोर्नु परिरहेको छ ।

तसर्थ यसरी अनिश्चित समय र अत्यधिक परिमाणमा नेपाललाई भइरहेको राष्ट्रिय क्षतिबाट जोगाउन क्रमशः पहिलो, दोश्रो र तेश्रो विकल्पका रुपमा तत्कालै निम्न व्यवस्था गरी उद्योगका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यापारलाई निरन्तरता दिने व्यवस्था मिलाउन नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारसंग जोडदार आग्रह गर्दछः-

१. कोलकत्ताबाट मालदहसम्म टेलरबाट नै ढुवानी गर्ने र मालदहमा अनलोड गरी रेलबाट कटिहारसम्म ल्याउने तथा मालदहमा खाली भएका टेलर कटिहारसम्म ल्याउने एवं कटिहारमा पुनः सोही टेलरमा राखी जोगवनीसम्म ल्याउने ।
२. कोलकत्ताबाट कन्टेनरलाई डिस्टफ गरी (साविकको व्यवस्था) ढुवानीलाई सुचारु गर्ने ।
३. इस्लामपुर-किसनगंज-पूणिर्मा हुंदै जोगवनीसम्म ढुवानी गर्न सकिने ।

विगतका द्वन्द लगायत विविध कारणबाट रुग्ण अवस्थाबाट गुज्रि रहेका उद्योगहरु वर्तमान अवस्थामा आएर सो पुल भत्केका कारण उक्त क्षेत्रबाट हुने आयात/निर्यात ठप्प हुंदा कच्चा पदार्थको अभाव भै ८० प्रतिशत भन्दा बढी उद्योगहरु बन्द भई सकेका छन् भने बांकी उद्योगहरु जडित क्षमताको २५ प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन हुन वाध्य भएका छन् ।

यति मात्र नभई पैठारीको क्रममा भारतबाट कच्चा पदार्थ लिएर आएका र सो क्षेत्रबाट निर्यातको क्रममा उत्पादित बस्तु लिई गएका हजारौं हजार ट्रक/कन्टेनरहरु बीच-बीचमा रोकिन जांदा आयातित कच्चा पदार्थका साथै उत्पादित बस्तु विग्रिन गई उद्योगको ठूलो नोक्सानी हुन गएको हुंदा सो अवस्थालाई गम्भीर रुपमा लिई समयमै समस्या समाधान गरिनु अत्यन्त आवश्यक छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.