»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्ष ढकालद्वारा घोषणापत्रमा आर्थिक मुद्दाहरुलाई मुख्य जोड दिन आग्रह (२०६४/५/३०)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले आगामी संविधान सभाको निर्वाचनका लागि राजनीतिक दलहरुले तयार गर्ने घोषणापत्रमा आर्थिक मुद्दालाई मुख्य जोड दिन आग्रह गर्नु भएको छ ।

उद्योग वाणिज्य संघ नारायणगढद्वारा "निजी क्षेत्रमा व्यवसायिक आचार संहिताको स्थिति र सुशासनको अवस्था" विषयमा हिजो चितवनमा आयोजित कार्यशालालाई संवोधन गर्नुहुंदै अध्यक्ष ढकालले सो आग्रह गर्नु भएको हो ।

अध्यक्ष ढकालले घोषणापत्रमा उद्योग व्यवसायमा सुरक्षाको ग्यारेन्टी तथा औद्योगिक स्थायीत्व जस्ता विषयहरुलाई स्पष्ट पार्न पनि आग्रह गर्नु भयो । उद्योग व्यवसाय माथि विभिन्न नाउंमा भइरहेका आक्रमणप्रति निजी क्षेत्र अत्यन्त चिन्तित रहेको ध्यानाकर्षा गराउंदै उहांले आर्थिक वृद्धि तथा आर्थिक गतिविधि विस्तार विना राजनीतिक स्थायित्व पनि नहुने स्पष्ट पार्नु भयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई स्वच्छ, पारदर्शी र मर्यादित राखि व्यापार व्यवसाय संचालन गर्न महासंघले ल्याएको आचार संहिताको प्रभावकारिता निकै बढेको र महासंघले यसको निरन्तर अनुगमन पनि गर्दै गएको बताउनु भयो ।

अध्यक्ष ढकालले आचार संहिताको अक्षरस पालना गर्न पनि व्यवसायिक जगतलाई आग्रह गर्नु भयो । अध्यक्ष ढकालले आमजनतालाई सुशासनको अनुभति दिनुपर्ने तर्फसरकारको ध्यानाकर्षा गराउंदै मुलुकभित्र हाल भैरहेका गतिविधि संतोषप्रद नभएको बताउनु भयो ।

महासंघका पर्ूव अध्यक्ष आनन्दराज मुल्मीले सबैले असल काम गर्न सकेमात्र उद्योग व्यवसाय फस्टाउनुको साथै मुलुक समृद्धि तर्फलाग्ने धारणा राख्दै सवैले आ-आफनो जिम्मेवारीलाई बोध गरेर अघि बढेमा सुशासनको अनुभुति हुने बताउनु भयो । पर्ूव अध्यक्ष मुल्मीले नेपाललाई भ्रष्टाचार मुक्त राष्ट्रको रुपमा अघि बढाउन निजी क्षेत्रको तर्फाट महासंघले लिएको जिम्मेवारी निकै महत्वपर्ूण्ा र प्रभावकारी भएको तर्क अघि सार्दै व्यवसायिक आचार संहिताको पर्ूण्ा पालना गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।

महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठ र द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले उद्योग व्यवसाय लगायत समग्र आर्थिक गतिविधि बढ्न सकेमात्र राजनीतिक स्थायीत्व, सुशासन जस्ता विषयहरुले स्थायीत्व पाउने हुंदा आर्थिक विकासको एजेण्डालाई मुख्य प्राथमिकता दिन राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।

महासंघका कार्यकारिणी समितिका सदस्यहरु भाष्करराज राजकणिर्कार, प्रदिपजंग पाण्डे, चन्द्रकृष्ण कर्माचार्य, रमेशकुमार पियाले निजी क्षेत्र लगायत संपर्ूण्ा क्षेत्र प्रभावकारी रुपमा अघि बढ्न मुलुकभित्र शान्ति सुरक्षा र सुशासनको प्रत्याभुति हुनुपर्नेमा जोड दिनु भयो ।

संघका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यशालामा पोखरा, बीरगन्ज, रत्ननगर, लेखनाथ, तनहुं, बारा, कलैया, रौतहट, गोरखा, मकवानपुर, धादिङ लगायत विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघका अध्यक्ष/प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.