»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शान्ति प्रक्रियालाई इमान्दारि पर्ूवक टुंगोमा पुर्žयाउन महासंघका अध्यक्ष ढकालद्वारा आग्रह (२०६४/६/३)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा धादिङ्ग उद्योग वाणिज्य संघको १४ औं वाषिर्क साधारण सभा हिजो धादिङ वेशीमा सम्पन्न भयो ।

प्रमुख अतिथि अध्यक्ष ढकालले सो अवसरमा संघको नवनिर्मित सचिवालय भवनको उद्घाटन समेत गर्नु भयो । विभिन्न संघ/संस्था, उद्यमी, व्यवसायी, जि.वि.स. तथा संघका सदस्यहरुको सहयोगमा रु.२३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो ।

उद्घाटन समारोहलाई संवोधन गर्दै महासंघका अध्यक्ष ढकालले सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप स्थानीय आर्थिक विकासलाई अघि बढाउनु पर्नेमा जोड दिनुहुंदै निजी र सरकारी क्षेत्र बीच समन्वय नभएको खण्डमा स्थानीयस्तरमा विकास निर्माण हुन नसक्ने बताउनु भयो ।

उहांले राज्यले कोल्टो फेरेको वर्तमान अवस्थामा व्यवसायीहरुप्रति राजनीतिक दलहरुको धारणा के हुने स्पष्ट गर्न आग्रह गर्नु हुंदै संविधानसभाको निर्वाचनलाई यथासमयमै सम्पन्न गरी वर्तमान अन्यौलपर्ूण्ा राजनीतिक अवस्थाको अन्त्य गरी मुलुकको आर्थिक विकासमा संपूर्ण स्रोत र साधन लगाउनु पर्ने उल्लेख गर्नु भयो ।

अध्यक्ष ढकालले संविधानसभाको निर्वाचनको क्रममा राजनीतिक दलहरुले तयार पार्ने घोषणापत्रमा आर्थिक मुद्दालाई प्रमुख प्राथमिकताका साथ किटान गरी आर्थिक विकासमा राजनीतिक प्रतिवद्धता जनाउन समेत आग्रह गर्नुभयो । उहांले संघले आगामी माघमा आयोजना गर्ने प्रथम धादिङ महोत्सवलाई महासंघका तर्फाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

साथै अध्यक्ष ढकालले लामो द्वन्द पश्चात देशमा दीगो र स्थायी शान्ति प्रक्रिया अघि बढी रहेको वर्तमान अवस्थामा यस प्रक्रियामा कहिं कतैबाट पनि अवरोध पुग्न नहुने र शान्ति प्रक्रियालाई इमान्दारि एवं प्रतिवद्धतापूर्वक टुंगोमा पुर्žयाउन आठै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नु भयो ।

राजधानीसंगै जोडिएर पनि विकासको दृष्टिले धादिङ्ग जिल्ला पछाडि परेकोमा चिन्ता व्यक्त गर्नु हुंदै अध्यक्ष ढकालले फलफूल, तरकारी, पशुपालन जस्ता कृषिजन्य एवं वनजन्य उद्योग व्यवसायका साथै घरेलु तथा साना उद्योगको प्रसस्त संभावना भएको यस क्षेत्रमा संभाव्यताको अधिकतम उपयोगका लागि जागरण नै ल्याई रोजगारी प्रवर्द्धन मार्फ गरिबी निवारणका साथै आर्थिक एवं सामाजिक विकासमा उल्लेखनीय सहयोग पुर्žयाउन सकिने धारणा व्यक्त गर्नु भयो ।

सो कार्यमा महासंघले अघि बढाएको एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्र, घरेलु तथा साना उद्योग एवं महिला उद्यमी विकास जस्ता कार्यक्रमहरु अत्यन्त उपयोगी भएकोले त्यसबाट लाभ लिन पनि जिल्लाका उद्योगी व्यवसायीहरुलाई उहांले आव्हान गर्नु भयो ।

सो अवसरमा महासंघको घरेलु तथा लघु उद्यम विकास समितिका सभापति डी.वी. वस्नेत र कृषि उद्यम केन्द्रका सभापति कृष्णप्रसाद ताम्राकारले महासंघले विभिन्न कार्यक्रमहरुले सदस्य संघहरुको क्षमता विकासमा सहयोग पुर्žयाइरहेको र त्यस क्रममा आएका एक गाउं एक उत्पादन र इलम प्रशिक्षण कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

सो समारोहमा विधायकहरु कृष्ण आचार्य र रामनाथ अधिकारी, ललितपुर उद्योग वाणिज्य संघका संयोजक कल्याणकृष्ण ताम्राकार, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुक र विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले जिल्लाको आर्थिक सामाजिक विकासमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुहुंदै संघले आयोजना गर्ने धादिङ्ग महोत्सवलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष ध्रुव बहादुर थापाको सभापतित्वमा सम्पन्न सो साधारण सभाले आगामी माघ २१ देखि २७ गतेसम्म धादिङ महोत्सव आयोजनाको लागि मूल आयोजक समिति गठन भएकोले जिल्लाको उत्पादनलाई प्रवर्द्धन गर्न व्यवसायी लगायत सवै जिल्लावासीहरु संगठित भई भव्यतापूर्वक सम्पन्न गर्ने प्रस्ताव समेत र्सवसम्मतिले पारित गरेको छ ।

साथै साधारण सभाद्वारा संघको आ.व. २०६३/६४ को रु. ११, ७०, ४४३/६९ को आय व्यय तथा आगामी वर्षो लागि प्रस्तावित कार्यक्रम माथि समेत छलफल गरी पारित गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.