»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पूर्वाधार विकासका लागि संयुक्त लगानी जुटाउन नेपाली र भारतीय निजी क्षेत्रद्वारा पहल गरिने (२०६४/६/४)


नेपाली र भारतीय पक्षको साझेदारीमा आर्थिक क्रियाकलापको अत्यावश्यक आधारशीला पूर्वाधार विकासलाई गति दिन दुई देशका निजी क्षेत्रको सक्रियतामा नेपालमा पूर्वाधार विकास सम्मेलन (Infrastructure Development Summit)आयोजना गरि पूर्वाधार विकासलाई ठोस रुपमा अघि बढाउने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ अग्रसर रहेकोले यस कार्यमा भारत सरकार एवं कुटनीतिक नियोगको पूर्ण सहयोग हुने विश्वास गरिएको बताइएको छ ।

महासंघका अध्यक्ष चण्डिराज ढकालले नेपालमा आफ्नो कार्यकाल पूरा गरि स्वदेश फर्कन लाग्नु भएका नेपाल स्थित भारतीय दूतावासका कमर्सियल काउन्सेलर जावेद अशरफ (Jawed Ashraf)को विदाई तथा नव नियुक्त कमर्सियल काउन्सेलर हर्षकुमार जैन (Harsh Kumar Jain) को स्वागतका लागि महासंघको सचिवालयमा आज आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

त्यसैगरी उहांले भारतको पश्चिम वंगाल राष्ट्रिय मार्गमा पर्ने दोहमना खोलाको पुल भत्किई विगत पांच हप्तादेखि नेपालको पूर्वाञ्चल क्षेत्रबाट हुने आयात/निर्यात ठप्प हुंदा सो क्षेत्रका ८० प्रतिशत भन्दा बढी उद्योग बन्द भई उद्योग क्षेत्रले दैनिक १५ करोड रुपैया भन्दा बढी क्षति व्यहोनु परिरहेको हुंदा नेपाली निजी क्षेत्रद्वारा प्रस्तुत सुझाव अनुसार वैकल्पिक व्यवस्था तत्काल गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल-भारत वीच सम्पन्न सन् १९९६ को व्यापार सन्धिले द्विपक्षीय व्यापारका साथै नेपालको निर्यात बढाउने कार्यमा कोशे ढुंगा सावित भएकोमा हालका वर्षा आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापार घाटा अत्यावधिक रुपमा बढ्दै गएको हुंदा भारत निकासीमा लगाइएको चार प्रतिशत अतिरिक्त भन्सार महसूल (Additional Custom Duty) पूर्ण रुपमा हटाइनु पर्ने, भारत प्रवेश गर्ने नेपाली कृषिजन्य वस्तुहरुको क्वारेन्टाइन परीक्षणलाई सरल र छिटो छरितो गर्नुपर्ने, नेपाली वस्तु भारत निर्यातलाई सरल प्रक्रिया अपनाई झण्झट रहित बनाउनु पर्ने, वंगलादेशसंगको व्यापार विस्तारका लागि काकडभित्ता फूलवारी-वंगलाबन्ध मार्गमा आवश्यक पूर्वाधार व्यवस्था गरिनु पर्ने कुरामा पनि अध्यक्ष ढकालले जोड दिनु भयो ।

साथै उहांले नेपालमा लामो समयदेखि बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधिका साथै केही समयदेखि देखा परेका असुरक्षा र अशान्तिको वातावरण राजनीतिक स्थायित्वसंगै अन्तमा हुनेमा नेपाली निजी क्षेत्र आशावादी रहेको उल्लेख गर्नु हुदै वाताद्वारा विवादको समाधान गर्दै निर्धारित समयमा संविधान सभाको निर्वाचन गरि शान्ति र स्थायित्व सहित आर्थिक विकासको गतिलाई तिब्रता दिन महासंघले आठै राजनैतिक दलहरुलाई आग्रह गर्दै आएको पनि बताउनु भयो ।

महासंघका प्रथम उपाध्यक्ष् दिवाकर गोल्छा, द्वितीय उपाध्यक्ष कुश कुमार जोशी, तृतीय उपाध्यक्ष आजाद श्रेष्ठ, पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ, नेपाल भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष शशिराज पाण्डे र महासंघका महानिर्देशक मेघनाथ न्यौपाने समेतको सहभागिता रहेको उक्त वैठकमा भारतीय दूतावासका कमर्सियल काउन्सेलर जावेद असरफ (Jawed Ashraf) ले नेपालमा पूर्वाधार विकास सम्मेलन गरी साझेदारीको आधारमा जल विद्युत लगायतका पूर्वाधार विकासको प्रयास गरिनु अत्यन्त सान्दर्भिक भएको र आफ्नो तर्फाट सक्दो सहयोग हुने उल्लेख गर्नु हुदै नेपाली वस्तु माथि भारतीय भन्सारमा हुने समस्या र क्वारेन्टाइन परीक्षण प्रकृयालाई सरलीकरण गर्दै लैजान भारत सरकार प्रयासरत रहेको बताउनु भयो । साथै उहांले दोहमना पुल भत्केका कारण उत्पन्न समस्या शीघ्र समाधानको प्रयास भईरहेको पनि जानकारी गराउनु भयो ।

द्विपक्षीय व्यापारको क्रममा परिआएको समस्या वार्ताद्वारा समाधान गर्न सकिने हुंदा यसका लागि नेउवामहासंघ, सम्बन्धित चेम्बर र दुवै देशका भन्सार अधिकारी सहितको संयन्त्र निर्माण गरी गर्न सकिने उल्लेख गर्नु हुदै दुई देश वीच सडक, रेल तथा हवाई यातायात विस्तार गरिएमा नेपालको लागि दक्षिण एशिया कै विशाल बजार उपलब्ध हुने धारणा व्यक्त गर्नु भयो ।

उक्त दूतावासका नव नियुक्त कमर्सियल काउन्सेलर हर्षकुमार जैन (Harsh Kumar Jain) ले नेपाल-भारत आर्थिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो योगदान गर्ने उल्लेख गर्नु हुदै यसका लागि नेपाली निजी क्षेत्रबाट पूर्ण सहयोग हुने अपेक्षा गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.