»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अध्यक्ष ढकालद्वारा मुलुकमा बढी रहेको उदण्डताले निजी क्षेत्रलाई हतोत्साहित पारेको गुनासो व्यक्त (२०६४/६/७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले मुलुकमा बढी रहेको उदण्डताले निजी क्षेत्रलाई हतोत्साहित पारेको बताउंदै कपिलवस्तु र रुपन्देहीमा घटेका घटना मुलुकका लागि दूर्भाग्यपूर्ण भएको बताउनु भएको छ ।

उहांले उक्त घटनाबाट दर्जनौ निर्दोष जनताले अनाहकमा ज्यान गुमाउनु परेको, सयौ मानिसहरु विस्थापित भएको, करोडौ मुल्य वरावरको व्यक्तिगत एवं र्सार्वजनिक सम्पत्तिको नास भएकोमा गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक सद्भावमा खलल पार्ने यस प्रकारका घटना आगामी दिनमा घटन नदिने तर्फसरकार सजग रहनु पर्नेमा जोड दिनु भयो ।

उद्योग वाणिज्य संघ बुटवलको ५४ औं वाषिर्क साधारण सभाको आज वुटवलमा एक समारोह बीच उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि महासंघका अध्यक्ष ढकालले सो कुरा बताउनु भएको हो । मुलुक संविधान सभाको निर्वाचनका लागि अघि बढीरहेको अवस्थामा यस्ता घटनाले गम्भीर असर पार्ने बताउंदै राज्यको परिस्थिति निरिह देखिएकोले विभिन्न स्थानमा अराजकता बढिरहेको पनि बताउनु भयो । उहांले अहिले पनि विभिन्न स्थानहरुमा उद्योग व्यवसायहरु धरासायी र विस्थापित भइरहेको चर्चा गर्दै यसवारे राष्ट्र मौन वस्नु दुःखदायी भएको बताउनु भयो ।

उहांले मुलुकमा बढिरहेको अनुशासनहिनता र दण्डहिनताको अन्त्य विना संविधानसभा चुनाव गराउन कठिन हुने बताउंदै अशान्ति र असुरक्षाको अन्त्य गरी अनुकूल औद्योगिक व्यवसायिक वातावरणका साथ आर्थिक क्रियाकलाप विस्तार एवं रोजगारी पर््रवर्द्धनका लागि प्रोत्साहित गर्न जोड दिनु भयो । अध्यक्ष ढकालले संविधानसभाको निर्वाचनमा सरकार एवं राजनीतिक दलहरुले राजनीतिक एजेण्डासंगै आर्थिक एजेण्डालाई समेत अघि बढाएर लैजान सुझाव दिनु भयो ।

स्थानीय निकाय र नागरिक समाज समेतको सहभागितामा उद्योग वाणिज्य संघले स्थानीय आर्थिक विकासका कार्यहरुलाई अघि बढाउन नेतृत्वदायी भूमिका खेलेकोमा सराहना गर्नु हुदै र्सार्वजनिक-निजी साझेदारी अनुरुप आर्थिक विकासका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न महासंघले जोड दिई आएको उल्लेख गर्नु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्यद्वय चोपनारायण श्रेष्ठ र ज्ञानेन्द्र कसजुले निजी क्षेत्र लगायत संपर्ूण्ा क्षेत्र प्रभावकारी रुपमा अघि बढ्न मुलुकभित्र शान्ति सुरक्षा र सुशासनको प्रत्याभुति हुनुपर्नेमा जोड दिनु हुंदै निजी क्षेत्र अहिले पनि विभिन्न नाउंमा पीडित भएको बताउनु भयो ।

उद्घाटन समारोहमा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद शर्मा, पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार अग्रहरी, उवासंघ बुटवलका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल नगरपालिकाका अधिकृत र्सूर्यमणी पौडेल, पत्रकार महासंघका सभापति डि.आर. घिमिरे, पूर्व नगरप्रमुख भोज प्रसाद श्रेष्ठ, वुटवल जेसिजका अध्यक्ष जगत बहादुर पोखरेल लगायतले आ-आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संघका अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा वाणिज्य उपाध्यक्ष शंकर श्रेष्ठ र महासचिव रोहितराज क्षेत्रीले स्थानीय आर्थिक, सामाजिक विकासमा संघले गरेका गतिविधिहरुका वारेमा आ-आफनो धारणा राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.