कान्तिपुर पब्लिकेशन्सद्वारा नियमित रुपमा प्रकाशित भई आएका पत्र पत्रिकाहरुको प्रकाशन कार्यमा पुर्याइएको अवरोध प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
लामो समयदेखि नियमित रुपमा प्रकाशित हुंदै आएका र पाठकहरु माझ आफ्नो स्थान कायम गर्न सफल भइसकेका उक्त पब्लिकेशन्सका प्रकाशनहरु अनायासमा बन्द हुंदा लाखौं लाख पाठकहरुको सुसूचीत हुने अधिकार माथि नै प्रश्न चिन्ह खडा भएको मात्र नभई व्यवसायिहरुको लगानी जोखिममा र कामदार कर्मचारीको रोजगारी अप्ठ्यारोमा पर्न गएको छ ।
विज्ञापन प्राप्त गर्नु र प्रकाशित गर्नु हरेक संचार माध्यमको अधिकार हुनुको साथै जनताको सूचना प्राप्त गर्ने एक माध्यम समेत विज्ञापन भएको हुंदा विज्ञापन संकलन तथा प्रकाशन कार्यमा रोक लगाई प्रकाशन कार्यमा नै अवरोध पुर्याउनु न्यायोचित कार्य हुन सक्दैन ।
तसर्थ श्रम सम्बन्धी समस्या वा यस सम्बन्धी विवाद वार्ता र सम्वादको माध्यमबाट नै समाधान गरि पत्र पत्रिका प्रकाशन एवं वितरण कार्यमा कहिं कतैबाट अवरोध नपुर्याउन महासंघ सम्बन्धित पक्षसंग आग्रह गर्दछ ।