लामो समयदेखि नियमित रुपमा प्रकाशित भई पाठक समक्ष आफ्नो स्थान कायम राख्न सफल कान्तिपुर पब्लिकेशन्सद्वारा प्रकाशित भई आएका निजी क्षेत्रका अग्रणी राष्ट्रिय दैनिक पत्रिकाहरु हिजो उक्त पब्लिकेशन्सको कार्यालयमा आगो लगाउने प्रयास गरिनुका साथै प्रेस तथा अन्य केही भौतिक पूर्वाधारहरुमा पुर्žयाईएको क्षतिका कारण आज प्रकाशित हुन नसकेकोमा नेपाल उद्योग वाणिज्य महासंघ आपत्ति जनाउंदै दुःख प्रकट गर्दछ ।
पत्रिका प्रकाशनमा पुग्न गएको अवरोधबाट जनता सुसूचित हुने अधिकारबाट बञ्चित हुने हुंदा श्रम सम्बन्धी वा अन्य कुनै समस्या वा विवाद आपसी वार्ताबाट समाधान गरी पत्रिका प्रकाशन तथा वितरण कार्यलाई छिट्टै निरन्तरता दिने प्रयास गर्न महासंघ सम्बद्ध पक्षसंग आग्रह गर्दछ ।